‘सोलिडारिटी फर डा. केसी एलायन्स’ द्वारा काठमाडौंको माइतिघरमा प्रदर्शन

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहनुभएका डा. गोविन्द्र केसीको पक्षमा मंगलबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।
यो पनि समाचार / सत्याग्रहमा रहेका डा.गोविन्द केसीको अवस्था गम्भीर
‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले मंगलबार केसीको समर्थनमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो । उनीहरुले कर्णाली बिज्ञान प्रतिष्ठानमा एमबीबीएस पढाए सुरु गर, स्वास्थ्यमा व्यपार बन्द गर, गोविन्द केसीको माग पुरा गर लगाएतका प्लेकार्ड बोकेका थिए । डा. केसीले अघि सार्नुभएका मागहरु जनताको माग भएको पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ ।
उनीहरुले डाक्टर केसीको माग पुरा नभएसम्म सडकमा विरोध प्रदर्शन जारी राख्ने बताएका छन् । विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन गर्नुपर्ने भन्दै डा केसी भदौ २९ गतेदेखि जुम्ला हुँदै हाल काठमाडौंको शिक्षण अस्प्तालमा अनसनमा हुनुहुन्छ ।





[…] […]
[…] […]