१४ मंसिर २०८३, आईतवार

समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने

एसीपी संवाददाता

४ भाद्र २०८०, सोमबार ०८:५८ मा प्रकाशित

काठमाडौं । समाजवादी मोर्चाले प्रदेशस्तरमा घोषणासभा गर्ने निर्णय गरेको छ ।

नेकपा एसको पार्टी कार्यालयमा बसेको मोर्चाको बैठकले भदौ ८ गतेबाट घोषणा सभा गर्ने निर्णय गरेको नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बताए ।

८ गते वीरगञ्जमा, १२ गते बुटवलमा र १३ गते धनगढीमा सभाको आयोजना हुने छ ।

यस्तै १४ गते सुर्खेतमा, १५ गते पोखरामा, २३ गते हेटौंडा र २५ गते विराटनगरमा सन्देशसभाको आयोजना गरिने बैठकपछि नेता प्रमेश हमालले बताए ।

यस्तै बैठकले भ्रष्टाचार विरोधी आन्दोलनलाई समर्थन गर्ने निर्णय पनि गरेको छ । नेपालप्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x