समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा आर्थिक बिकास अपरिहार्य
प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल र सुखी नेपालीको यात्रामा आर्थिक बिकास अपरिहार्य भएको बताउनुभएको छ ।
सोमबार काठमाडौंमा नेपाल उद्योग परिसंघको ’मेक इन नेपाल–स्वदेशी’ अभियान सुरु गर्दै प्रधानमन्त्री ओलीले राष्ट्रलाई आधुनिकीकरण र औद्योगीकरण गर्ने दिशामा लैजादै समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्नुपर्ने बताउनुभएको हो ।
उहाले नेपाललाई आयातक र उपभोग्य देशबाट उत्पादक र निर्यातक देश बनाउन सबैले योगदान दिनुपर्ने जिकिर गर्नुभयो । नेपालले वस्तु उत्पादन बढाउँदै अन्तर्राष्ट्रिय बजारमा त्यसलाई निर्यात गर्ने गरी काम गर्नुपर्ने उहाको भनाई छ । प्रधानमन्त्री ओलीले गुणस्तर र मूल्यमा प्रतिस्पर्धा गर्नेगरि उद्योगको क्षमता विकास गर्नुपर्ने र यसका लागि सरकार सदैव अग्रसर रहेको बताउनुभयो ।
उत्पादन र खपतका सातवटा स्तम्भ निर्धारण गर्दै परिसंघले मेक इन नेपाल अभियान सुरु गरेको हो ।


