३ आश्विन २०८३, शनिबार
सलमान खान नेपाल आउँदै
बलिउड सुपरस्टार सलमान खान १२ जेठमा नेपाल आउने भएको छन्। १४ जेठमा ‘दबंग टु नेपाल-रिलोडेड’ कार्यक्रममा सहभागी हुन बलिउड सुपरस्टार खान दुई दिन अघि नै नेपाल आउने भएका हुन्।
१२ जेठ साँझ काठमाडौं ओर्लने खानले १३ जेठमा पर्यटनमन्त्री प्रेमबहादुर आलेसँग माउन्टेन फ्लाइट गर्नेछन् भने सोही दिन सगरमाथा क्षेत्रमा ब्रेकफास्टसमेत गर्ने कार्यतालिका बनाइएको आयोजक राजिव श्रेष्ठले जानकारी दिए।
उनका अनुसार १४ जेठ साँझ दशरथ रंगशालामा बलिउड कलाकारसहित खानले प्रस्तुती दिनेछन्। त्यसअघि दिउँसो नेपाली कलाकारको प्रस्तुति रहनेछ। बलिउडका अन्य कलाकारसँग नेपाल आउन लागेका खानको यसअघि तय भएको कार्यक्रम कोभिड महामारीका कारण रोकिन पुगेको थियो।
Subscribe
Login
0 Comments


