५ आश्विन २०८३, सोमबार

हरित नेपाल नामक संस्थाद्वारा काठमाडौंमा प्रदर्शन

एसीपी संवाददाता

२६ चैत्र २०७७, बिहीबार १६:३४ मा प्रकाशित

नेपालको वातावरण बिग्रदै भएको यसको सुधारका लागि पहल चाल्नुपर्ने भन्दै हरित नेपाल नामक संस्थाले काठमाडौंमा प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यका लगाएत देशभरको मौसमी वातावरण बिग्रदै जाँदा सरकारले पहलकदमी लिने बेला आएको भन्दै उनीहरुले बिहीबार काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरुले हामी हावा फेर्ने कि धुलो‚ कति गर्नु बाहना‚ मास्क लगाउनु छैन चाहना‚ सरकार सास फेर्न देलगायतका प्ले कार्ड बोकेका थिए ।

उनीहरुले नेपालको मौसमी वातावरणलाई सुधार गर्न सरोकारवालाहरुको निरन्तर ध्यानाकर्षण गराउने जनाएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x