१२ जेष्ठ २०८३, मंगलवार

अध्ययनरत विद्यार्थीहरुबिच स्पोर्ट्स सप्ताहको आयोजना हुने

एसीपी संवाददाता

१६ माघ २०७६, बिहीबार ०९:२६ मा प्रकाशित

जयपती ढकाल , नेपालगन्ज १६ माघ ।
मध्यपश्चिम तथा सुदूर पश्चिमाञ्चल हाल प्रदेश नं ५,कर्णाली प्रदेश,सुदुरपशिम ,प्रदेश मध्यमा प्राविधिक शिक्षाको रुपमा आफनो नाम देश तथा बिदेशमा उच्च- स्थानमा चिनाउन सफल नेपालगन्ज स्थित रंगसाला नजिकको नेपालगन्ज टेक्निकल कलेज नेपालगन्जले आफनो कलेजमा अध्ययनरत विद्यार्थीहरुबिच स्पोर्ट्स सप्ताह गर्न गइरहेको नेपालगन्ज टेक्निकल कलेज का प्राधानाध्यापक इ. दामोदर ढकालले जानकारी दिनुभएको छ ।
नेपालगन्ज टेक्निकल कलेज २०६५ सालमा स्थापना भए पश्चात् २०६५ साल देखि सामान्य चिकित्सा र २०७२ साल देखि ल्याव टेक्निसियन अध्यापन गराउदै आईरहेको छ । कलेजमा सिभिल ओभरसियर, कम्प्युटर ईन्जिनियर पनि २०६५ साल देखि नै अध्यापन हुदै आईरहेको कलेजले बेला बेलामा अतिरिक्त क्रियाकलापहरु सञ्चालन गर्दै आइरहेका ढकालले बताउनुभयो ।
कलेजले यहीँ माघ १७ गते देखि २० गते सम्म कलेज स्तरीय भलिबल , टेवल टेनिस, टि टि, ब्याडमिन्टन , हाजिरी जवाफ, वक्तृत्वकला, लगायतका खेलहरु गराउने कलेजका प्राधानाध्यापक इन्जिनियर दामोदर ढकालले बताउनुभएको छ ।
नेपालगन्ज टेक्निकल कलेज प्राविधिक शिक्षाको लागि विद्यार्थीहरुको रोजाइ रहेको अभिभावकहरको भनाइ रहेको छ ।शान्त वातावरणमा कलेज रहेको , अत्याधुनिक प्रयोगशाला , दक्ष अनुभवी शिक्षकले अध्यापन गराउने , सि सि क्यामरा जडान भएको , खेलकुदको लागि अाफनै प्राङ्गण रहेकोले विद्यार्थीहरुको रोजाईको रुपमा विद्यालय रहेको छ ।
गुणस्तर शिक्षा संगसगै स्वास्थको लागि खेलकुद पनि अनिवार्य रहेको बताउनु भएको छ।
त्यसैगरी नेपालगन्ज टेक्निकल स्कुलले पनि सरस्वतीमाताको पुजा र सहिद दिवस,अवसर पनि एकैदिन भएकोले सहिद लाई सम्झदै भब्यरुपमा व्यापक कार्यक्रम गरेको छ ।
सम्पुर्ण बिद्यार्थी आफुमा भएका प्रतिभा र नृत्य देखाउदै कार्यक्रम सफल रुपमा सम्पन्न भएको पनि ढकालले बताउनु भयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x