३१ भाद्र २०८३, बुधबार

ललिता इजी मार्ट सप्यायर्सद्वारा इलेक्ट्रिक स्कुटी बजारमा, टेस्ट ड्राइभदेखि फाइनान्स सुविधासम्म

एसीपी संवाददाता

३१ भाद्र २०८३, बुधबार २३:५५ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगन्ज — वातावरणमैत्री तथा आधुनिक यातायातका साधनप्रति ग्राहकको आकर्षण बढिरहेका बेला नेपालगन्जको कारकाँदो, सुर्खेत रोडस्थित ललिता इजी मार्ट सप्यायर्सले विभिन्न मोडेलका इलेक्ट्रिक स्कुटी बजारमा ल्याएको छ।

‘स्वच्छ यात्रा, आधुनिक हाम्रो चाहना’ भन्ने नाराका साथ सञ्चालनमा रहेको सप्यायर्सले कम प्रदूषण, कम सञ्चालन खर्च र हरित भविष्यलाई लक्षित गर्दै विभिन्न मोडेलका इलेक्ट्रिक स्कुटी बिक्रीका लागि उपलब्ध गराएको जनाएको छ।
सप्यायर्सका अनुसार आकर्षक डिजाइन, लिथियम ब्याट्री, लामो रेन्ज तथा वारेन्टीसहितका विभिन्न मोडेलका स्कुटीहरू विशेष मूल्यमा उपलब्ध छन्।

उपलब्ध मोडेल र मूल्य
Model Vesta Ather
मूल्य रु. २ लाख ३० हजार रहेको यस मोडेलमा लिथियम ब्याट्री, २ वर्षको वारेन्टी तथा एकपटक चार्ज गर्दा करिब ९०–१०० किलोमिटरसम्मको रेन्ज रहेको सप्यायर्सले जनाएको छ।

Model Jali Vespa
यसको मूल्य रु. २ लाख २० हजार रहेको छ। यसमा २ वर्षको वारेन्टीसहित एकपटक चार्ज गर्दा ९०–१०० किलोमिटरसम्म यात्रा गर्न सकिने जनाइएको छ।

Model Swinger Ola
रु. २ लाख १० हजार मूल्य रहेको यस स्कुटीमा २ वर्षको वारेन्टी र एकपटक चार्ज गर्दा ९०–१०० किलोमिटरसम्मको रेन्ज रहेको बताइएको छ।

Model Vesta Elite
यो मोडेल रु. १ लाख ७० हजारमा उपलब्ध रहेको छ। यसमा २ वर्षको वारेन्टी र एकपटक चार्ज गर्दा ६०–७० किलोमिटरसम्मको रेन्ज रहेको छ।

Model Astro Sportz                                       किफायती मूल्यको यो मोडेल रु. १ लाख ६० हजारमा उपलब्ध छ। यसमा २ वर्षको वारेन्टी तथा एकपटक चार्ज गर्दा ६०–७० किलोमिटरसम्मको रेन्ज रहेको सप्यायर्सले जनाएको छ।

टेस्ट ड्राइभ र फाइनान्स सुविधा
ललिता इजी मार्ट सप्यायर्सले ग्राहकको सहजतालाई ध्यानमा राख्दै स्कुटी खरिद गर्नुअघि टेस्ट ड्राइभको सुविधा उपलब्ध गराएको छ। साथै ग्राहकले आफ्नो आवश्यकता र सुविधाअनुसार नगद तथा फाइनान्समार्फत स्कुटी खरिद गर्न सक्ने व्यवस्था गरिएको जनाइएको छ।

स्कुटीमा शक्तिशाली लिथियम ब्याट्री, कम सञ्चालन खर्च, मजबुत बडी तथा सहज मर्मतसम्भारजस्ता सुविधा रहेको सप्यायर्सको भनाइ छ। बिक्रीपछिको सेवाका लागि आवश्यक सर्भिस तथा स्पेयर पार्ट्ससमेत उपलब्ध गराइने जनाइएको छ।
ललिता इजी मार्ट सप्यायर्सका सञ्चालक ललित कुमार रौनियारका अनुसार ग्राहकलाई गुणस्तरीय इलेक्ट्रिक स्कुटी सहज मूल्यमा उपलब्ध गराउने उद्देश्यले विभिन्न मोडेल बजारमा ल्याइएको हो।

सीमित स्टक मात्र रहेको जनाउँदै इच्छुक ग्राहकलाई कारकाँदो, ने.गं.–१८ स्थित सोरुममा सम्पर्क गर्न वा ९८४८०७१७८२ नम्बरमा फोन गरी थप जानकारी लिन सप्यायर्सले आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x