१३ मंसिर २०८३, शनिबार

अध्यवधिक हुन र अधिकारिकता पाउनु अलग कुरा हो – ओम आचार्य

एसीपी संवाददाता

१३ मंसिर २०८३, शनिबार १०:५९ मा प्रकाशित

नेपाली काग्रेसमा पुनरावलेकनको मुध्दा पछी सस्थापन को नेतृत्व गरिरहेका गगन थापा र इतर समुह को नेतृत्व गरिरहेका डा. शशांक कोइराला समुहमा को अधिकारिक भन्ने विवाद यथावत रहेको अवस्थामा निर्वाचन आयोगले गगन थापा सभापति रहेको नेपालि काग्रेसलाइ अध्यावधी गर्यो !अध्यावधिक हुने वित्तिक्कै अधिकारिकता पनि प्राप्त भयो भन्ने अर्थ यो समुहले लिनु हुदैन ! यही अर्थ बोकेर निर्वाचन आयेगमा आफ्नो सभापतित्वमा रहेको काग्रेस अध्यावधी भएपछी गगन को गर्जन एकाएक बढेको देखिन्छ ! गर्जन मात्र होइन गर्जन संगसंगै बज्र प्रहार गर्ने संकेत पनि गगनको चम्काइबाट देखिन थालेको छ!
अहिले मुलधारबाट अलग्गिएर काग्रेसकै व्यानरमा आफुलाइ उभ्याइ रहेका जिल्ला प्रदेस प्रतिनिधीसभा र राष्ट्रिय सभामा का सदस्यहरुलाई संलग्न रहेको आफ्नो पदबाट राजिनामा दिएर न आए कार्वाइ गर्ने उद्घोष गरेका छन!डा. शशांक कोइरालाको समुह भने तिब्र रुपमा महाअधिवेशन सम्पन्न गर्ने तयरिमा छन ! र महाअधिवेशन पुर्व पाटी एकताको लागी कुने वार्ता नगर्ने वताएकाछन !इतर समुहबाट महाअधिवेशन पुरा गरेपछी अव हुने सभापतिको नेतृत्वको कार्य समीति पुन निर्वाचन आयोगमा पुगेर आध्यावधीको लागी आवेदन गर्ने छन !
भर्खरै गगन समुहलाइ रुख चारताराको लोगोमा नेपाली काग्रेसको अध्यवधी भैसकेको अवस्थामा पुन त्यही लोगोर त्यही नाममा डा. शशांक समुहको काग्रेसलाइ निर्वाचन आयोगले अध्यावधी गर्न सक्छ ? अहिले यो प्रस्न काग्रेस भित्र प्रवल रुपमा आइरहेको छ! निर्वाचन आयोगले केन्द्रिय समीति वनाएकै भरमा अथवा याहा सम्म आइपुग्दाको प्रकृया हेरेरनै अध्यावधी गर्छ त? मुल कुरा आयोगमा दलको नेतृत्वमा भएको परिवर्तनको सुचिकृत गर्ने प्रकृयालाइ अध्यावधी भन्ने गरिन्छ अव डा. शशाकं समुहले महाअधिवेशनबाट निर्वाचित कार्यसमीतिको नाम दल सहित निर्वाचन आयोगमा सुचिकृत गर्नु पर्ने हुन्छ र मात्रै अध्यावघिक हुन्छ ?के अव यौटै पाटीका दुइ प्रतिस्पर्धी दलका कार्यसमीतिलांइ अध्यावधी गर्ंछ भन्ने पनि होइन होला! निर्वाचन आयोगले गगन समुहले विशेषअधिवेशन वोलाउदा परेको उजुरीमा निर्वाचन आयोगले जसरी छानविन र अनुसन्धान गरेको ऱ्थियो अव त्यही छानविन डा. शशांक समुहको ले मागेको अध्यवधि गर्ने प्रकृयामा पर्न सक्छ! र यस्तो विवाद भएमा निर्वाचन आयोगले गर्ने निर्णय अकल्पनिय हुन सक्छ ! त्यो भनेको रुख र चार तारालाई थाति राखेर अलग चुनाव चिन्ह लिएर आउन दुइ समुहलाइ भन्न पनि सक्छ!निर्वाचन आयोग यो निर्णयगर्दा सर्वोच्च अदालतबाट हुने फैसलालाई मध्यनजर गर्नु पर्ने बाध्यताले दुवैलाइ अधिकारिकता नदिन यक्छ!

निर्वाचन आयोगले यौटै दल र यौटै निर्वाचन चिन्हमा दुइ दललाई अध्यावधी गर्न मिल्छ जस्तो लाग्दैन यस्तो अवस्था डा. शशांक समुहले कि अर्कै दल दर्ता गर्नु पर्छ कि सर्वोच्च अदालतको निर्णय पर्खनु पर्छ यस्को कानुनी निर्क्योल हुनै पर्छ !

मुल विवाद अधिकारिकतामा

यौटा कुरा डा. शशांक समुह ले निर्वाचन आयोगमा अध्यावघिक गर्न गयो भने त्याहा प्रस्न के कुरा मा आउछ भने अध्यवंधि गर्नु भनेको दलको नयाकार्यसमीतिको अभिलेख खडागर्नु र त्यसलाइ अध्यावधी गर्नु ! र अध्यावधिक गर्नु भन्दा पुर्व कुन दललाइ अधिकारिकता मान्ने यो प्रस्न पनि आउछ! अध्यवधिक हुनु र अधिकारिकता पाउनु अलग कुरा हुन ! अहिले सर्वोच्च अदालतमा पुनरावलोकनको मुध्दा विचाराधिन रहेको अवस्थामा काग्रेसको अधिकारिकताको निर्णय भइ नसकेकोले डा. शशांक को पनि नया कार्य समीति अध्यावधिक हुन सक्ने सम्भावना छ कि छैन त्यो निर्वाचन आयोग मा डा शशंक पुगे पछी थाहा हुन्छ !
अहिले डा. शशाक समुहले वार्ड देखी केन्द्र सम्म गरिरहेको अधिवेशने यो समुहको रणनीति कि अलग पाटी खोल्न सहज गर्न हो कि गगन समुह अवैधानिक हो भन्ने देखाउन कि सर्वोच्च अदालतको पुनरावलोक मुध्दा प्रभाव या दवाव पार्न हुन सक्छ!
जेहोस यदी अदालतबाट देउवा समुहले अधिकारिकता पायो भने गगन समुह के गर्छन अर्कै पाटी खोल्छन की देउवा समुहमै विलय हुन्छ! त्यस्तै गगन समुहले अधिकारिकता पायो भने देउवा समुहले अहिले गरेको अधिवेशन के हुन्छ ! यो अधिवेशन गर्दा अहिले नेपाली काग्रेसमा जुन क्रियशिल सदस्यहरु छन तिनै प्रयोग गरेर गरेको अधिवेशनको गगन समुहले अदालतबाट अधिकारिकता पाए पछी त्यस्को औचित्य के हुन्छ?
नेपाली काग्रेसलाइ यो भन्दा पिडादायी र ठुलो संकट अर्को हुदैन ! अझैपनि काग्रेसमा एकताको बाटो खोज्न र पहल गर्न जरुरी छ!
अन्य राजनीतिक दलहरुले पनि अहिले काग्रेसमा आएको विपद परिस्थिति आफ्नो दलमा पनि भविस्यमा नआओस समयमै सचेत हुदै दलको विधान नीति नियम अनुसार चलोस ! नभए भन्न सकिन्दैन अहिले काग्रेसको अधिकारिकता मा निर्वाचन आयोग र सर्वोच्च अदालतबाट हुने फैसला नजिरको रुपमा स्थापित हुन्छ वेलैमा सवै दलले सोचस!

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x