नेपालगन्जका साहित्यकार , पत्रकार भारतमा सम्मानित
सितापुर – अवधी भाषा, साहित्य तथा सांस्कृतिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘अन्तर्राष्ट्रिय सृजन सरोकार सम्मान’ प्रदान गरिएको छ।
नेपाल टेलीभिजन कोहलपुर प्रमुख निर्देशक बिजय बर्मा , अवधी सांस्कृतिक प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बिष्णुलाल कुमाल , प्रतिस्ठानका महासचिव बिरेन्द्र यादव , प्रतिस्ठानकि सदस्यद्वय लेखिका शायदा शाह , अल्पना वैश्य लाई सम्मानित गरिएको हो ।
सम्मान प्राप्त गरेपछि सम्मानित व्यक्तित्वहरूले आफ्नो भाषा, साहित्य, संस्कृति, कला तथा शिक्षा सेवामा समर्पित यात्राको कदरस्वरूप प्राप्त सम्मानले थप ऊर्जा, उत्साह र जिम्मेवारीबोध बढाएको प्रतिक्रिया दिएका छन्।
उनीहरूले भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन्।
नेपाल र भारतबीच रहेको भाषिक, साहित्यिक तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
आयोजक: साहित्य सृजन संस्थान, सीतापुर, उत्तर प्रदेश, भारत।



