१७ मंसिर २०८०, आईतवार

अलबिदा !!!!!चाचाजी

एसीपी संवाददाता

१७ माघ २०७६, शुक्रबार ११:५३ मा प्रकाशित

माघ १७ गते नेपालगन्ज । पत्रकारिताका छेत्रमा लागेर , प्रजातन्त्रका लागि आन्दोलन गर्दै आएका स्वतन्त्रता सेनानी
पत्रकार देशकै धरोहरका रूपमा रहेका वरिष्ठ पत्रकार तथा प्रेस स्वतन्त्रता सेनानी पन्नालाल चाचाजिको दाह सस्कार वहाँ पार्थिव शरीरमा आज दागबत्ती सङै पन्च्तत्वमा लिन भएको छ । नेपालगन्जको त्रिभुवन चोकमा रहेको वहाको निज निवासबाट नगर परिक्रमा गर्दै वहाँ हामीबाट सदा लागि अलबिदा हुनु भयो । पत्रकार जगतकै अमुल्य ब्यतित्व आदरणीय चाचाजी अब हामी बिच ओझेल हुनु भएको छ ।नेपालगन्जको पत्रकारिता छुट्टै पहिचान बनाएका सेनानी गुप्ता किरण साप्ताहिकका सम्पादक हुन् । पत्रकारितामा गुप्ताको योगदानको कदर गर्दै नेपाल पत्रकार महासंघले एक दशकअघि सेनानीको उपाधी दिएको थियो । नेपाल सरकारले सम्मान प्रदान गर्दै आएको हो । नेपाल प्रेस यूनियन बाकेले पन्नालाल चाचाजीको हरेक बर्ष जन्म दिन मनाउदै आएको र पन्ना चाचा ज्यू भब्य नागरिक सम्मान भएको इतिहासमा प्रहिलो पत्रकार जगतमा पहिलो हो । बाँकेको मात्र न भई देश भरीका पत्रकारहरुले चाचाजि नै भन्ने गर्थे अग्रज चाचाजीले प्रजातन्त्रका लागि ठुलै योगादन गरेका थिए । नेपालगन्ज न्युरोडस्थित छोरा विजयकै घरमा बस्दै आएका गुप्तालाई बुधबार बेलुकी नियमित औषधी खुवाउँदै गरेको अवस्थामा एक्कासी बान्ता आएर अचेत भएका थिए । आज विभिन्न पत्रकारहरु , राजनीतिक दलका प्रतिनिधि, समाज सेविहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए । धार्मिक विधिपुर्वक आज अन्त्यष्टी गरिएको परिवारले जनाएको छ ।उनका श्रीमती, चार छोरा र एक छोरी रहेका छन् । विसं१९८५ सालमा जन्मिएका गुप्ता स्थानीय किरण साप्ताहिकका सम्पादक थिए । उक्त पत्रिका नेपालगन्जबाट विगत ४ दशकभन्दा बढी समयदेखी प्रकाशन हुदै आएको छ । पत्रकारितामा उनको योगदानको उच्च कदर गर्दै सम्मान गरेको थियो । वहाको सम्मानमा र आत्म सान्तिका लागि भारतीय पत्रकारहरुले समेत श्रन्दान्ज्ली सभा गरेको कुरा पत्रकार मणिराम शर्माले भारतिय सन्चार माध्यमहरुलाई जनाएका हुन । आज बिहान नेपाल प्रेस युनियन बाकेले आफ्ना संस्थापक अध्यक्ष चाचाजीको श्रन्दाजलीको आयोजना गरेको छ । नेपाल पत्रकार महासङ्ह , ठकुरि पत्रकार समाज, अवधी पत्रकार सङ्ह , प्रेस मन्च्ले बिज्ञाप्ति प्रकाशित शोक जनाएका हुन । पुुरानोतस्वीर हरु 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x