२३ कार्तिक २०८३, आईतवार

नेपालगञ्जमा अर्जुन शक्ति केन्द्रद्वारा चाडपर्वको अवसरमा शुभकामना आदान-प्रदान, लाठी प्रदर्शन र सम्मान कार्यक्रम सम्पन्न

एसीपी संवाददाता

२३ कार्तिक २०८३, आईतवार १४:५८ मा प्रकाशित

नेपालगञ्ज — “नेपाली हुँ नेपाली, सनातनी नेपाली हिन्दू हुनुमा गर्व छ मलाई” भन्ने मूल नाराका साथ नेपालगन्जमा शुभकामना आदानप्रदान कार्यक्रम सप्पन्न भएको छ ।

अर्जुन शक्ति केन्द्रका अध्यक्ष अनुप कुमार गुप्ताको सभापतित्व तथा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टको प्रमुख आतिथ्यमा विजया दशमी, शुभ दीपावली, छठ पर्वको सुअवसरमा शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो । आयोजित उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनीश वाजपेयी (विवेक) विशिष्ट अतिथिका रूपमा रहनुभएको थियो।

कार्यक्रमको औपचारिक उद्घाटन श्रीमति शिव देवी वैश्यद्वारा संयुक्त रूपमा दीप प्रज्वलन गरी गरिएको थियो। कार्यक्रमको उदघोषक शोभा थापा र एन्जलिना बुढाले गरेका थिए भने अर्जुन शक्ति केन्द्रका सचिव विजय कुमार गुप्ताले स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवं नगर प्रमुख प्रशान्त विष्टले अर्जुन शक्ति केन्द्रले आफ्नो धर्म, कला, साहित्य र संस्कृतिको संरक्षण तथा संवर्धनका लागि खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो। “सेवा नै धर्म हो” भन्दै उहाँले युवा तथा बालबालिकाहरूले पढाइलेखाइका साथसाथै धर्म-संस्कृतिको जगेर्नामा पुर्‍याएको योगदान अतुलनीय रहेको बताउनुभयो। साथै, आफ्ना आमाबुवा र गुरुलाई पहिलो भगवान मानेर सम्मान गर्नुपर्ने र नयाँ पुस्तामा सकारात्मक संस्कारको हस्तान्तरण हुनुपर्नेमा उहाँले जोड दिनुभयो।

नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का वडा सदस्य निखिल वैश्य, विश्व हिन्दू परिषद् नेपाल बाँकेका महिला अध्यक्ष कृष्णा देवी पाण्डेय, हिन्दू सम्राट सेना बाँकेका संयोजक आर्यन बाल्मिकी, जय महाकाल युवा समितिका संयोजक शिव कुमार राजपुत, समाजसेवीद्वय पंकज कनोजिया र धर्मेन्द्र सोनी तथा पत्रकारद्वय दिनेश ठाकुर र रिसब सिंह बाडिया लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अवसर पारेर विजया दशमी तथा दुर्गामाता विसर्जनमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई खादा ओढाइ सम्मानपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा अर्जुन शक्ति केन्द्रका प्रशिक्षक गुरु निखिल सिंह बडियाको अगुवाइमा केन्द्रका खेलाडीहरूद्वारा आकर्षक लाठी प्रदर्शन तथा विभिन्न साहसिक कलाहरूको उत्कृष्ट प्रस्तुति दिइएको थियो, जसले उपस्थित सबैको ध्यान खिचेको थियो।    

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x