२४ कार्तिक २०८३, सोमबार

दीपावली तथा छठ पर्वको अवसरमा एमाले नेता ढुंगानाद्वारा सुख, शान्ति र समृद्धिको शुभकामना

एसीपी संवाददाता

२३ कार्तिक २०८३, आईतवार २१:४८ मा प्रकाशित

दिनेश ठाकुर नेपालगन्ज, कात्तिक २२ गते — नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेपालगन्ज नगर कमिटीका उपाध्यक्ष एवं नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा सदस्य दिगबिजय ढुंगानाले दीपावली (तिहार) तथा छठ पर्व–२०८३ को पावन अवसरमा सम्पूर्ण नगरवासीसहित देश तथा विदेशमा रहेका नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

चाडपर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै नेता ढुंगानाले आशा, शान्ति, समृद्धि र उज्ज्वल भविष्यको कामनासहित सबैमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो।उहाँले भन्नुभएको छ, “दीपावली तथा छठ पर्वले सबैको जीवनमा नयाँ उत्साह, उमंग, सकारात्मक ऊर्जा र खुसी ल्याओस्। उज्यालोको पर्व दीपावलीले हरेक घरपरिवारमा सुख, शान्ति र समृद्धिको उज्यालो छर्न सकोस् भन्ने कामना गर्दछु।”

नेता ढुंगानाले नेपाली समाजका मौलिक चाडपर्वले विभिन्न जातजाति, भाषा, धर्म तथा संस्कृतिबीचको आपसी सद्भाव, भाइचारा, एकता र सामाजिक सहिष्णुतालाई थप बलियो बनाउँदै आएको उल्लेख गर्नुभएको छ।उहाँले यस्ता पर्वहरूले समाजमा प्रेम, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता तथा सामाजिक सद्भाव कायम राख्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

अन्त्यमा उहाँले दीपावली तथा छठ पर्वले सम्पूर्ण नेपालीको घरआँगनमा सुख, शान्ति, समृद्धि र खुसी ल्याओस् भन्दै सबैमा पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x