२१ कार्तिक २०८३, शुक्रबार

उपाध्यक्ष मौलाना मशहूदले दिए संविधान दिवसको शुभकामना

एसीपी संवाददाता

२ आश्विन २०८०, मंगलवार २१:१४ मा प्रकाशित

कपिलवस्तु, असोज ३
आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२,६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा बुधवार विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।

संविधान दिवसका अवसरमा लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे। साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न पिछडा वर्ग लाई समेत अगाडि बढाउनु पर्नेमा जोड दिनुपर्ने बताउदै असन्तुष्ट पक्षको जायज माग दुई तिहाई बहुमत बाट संविधान सन्सोधन गर्नुपर्ने आवश्यक रहेको बताए।

 

नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको नेपालको संविधानले मौलिक हकमार्फत सुनिश्चित गरेका जनताका अधिकारहरूको कार्यान्वयन गर्दै आधारभूत आवश्यकता गास, बास, कपास, स्वास्थ्य, शिक्षा, रोजगार, सूचना लगायतमा सबै जनताको पहुँच हुनुपर्ने बताएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x