२९ माघ २०८२, बुधबार

उम्मेदवार खगेन्द्रले ‘गाईको मासु खान पाउनुपर्ने’ अभिव्यक्तिका लागि कानुनअनुसार तीन वर्ष कैद हुनुपर्ने माग

एसीपी संवाददाता

१७ माघ २०८२, शुक्रबार १०:२१ मा प्रकाशित

लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई ‘गाईको मासु खान पाउनुपर्ने’ अभिव्यक्तिका लागि कानुनअनुसार तीन वर्ष कैद हुनुपर्ने माग गरेकी छन्।

बुधबार बसेको प्रदेशसभा बैठकमा सांसद काफ्लेले उक्त अभिव्यक्तिले सामाजिक तथा धार्मिक सद्भावमा नकारात्मक असर पार्ने बताइन्। उनले संविधानको धारा ४ मा धर्मनिरपेक्षता स्पष्ट उल्लेख भए पनि गाई–गोरुको मासु खान पाउने विषय उठाउनु आपत्तिजनक भएको औँल्याइन्।

सांसद काफ्लेले भनिन्, “सामाजिक र धार्मिक सद्भाव खलबलिने किसिमका अभिव्यक्ति कसैले पनि दिन पाइँदैन। चाहे जुनसुकै दलको व्यक्ति भए पनि कानुन सबैका लागि समान हुन्छ।” उनले मुलुकी अपराध संहितामा गाईगोरु मार्ने र मासु खाने कार्यमा तीन वर्षसम्म कैद सजायको व्यवस्था भएको पनि स्मरण गराइन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x