मिटरब्याज विरुद्ध जनकपुर-काठमाडौं (पैदल) न्याय मार्चको घोषणा
मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन, नेपालको सम्पन्न केन्द्रिय सचिवालयको बैठकले गरेका महत्त्वपूर्ण निर्णयहरू यस प्रेस विज्ञप्ति मार्फत सार्वजनिकगरेको छ ।
१. केन्द्रिय कार्यालयको आयोजना तथा जिल्ला समिति, रौतहटको व्यवस्थापनमा सम्बत् २०८३ आषाढ ०६ गते शनिबारका दिन चपुरमा संगठनका अध्यक्ष अवधेश कुश्वाहाको अध्यक्षतामा बैठक भव्यताका साथ सम्पन्न भयो। उक्त बैठकमा संयुक्त जनअधिकार मोर्चाका अध्यक्ष, भगिनी आन्दोलनका कार्यालय सदस्यहरू, संगठनका महासचिव लगायत सचिवालय सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
२. बैठकले नेपाल सरकारको हालैका १०० दिन सम्मका अवधिमा सरकारले मिटरब्याज अपराध र यसबाट सिर्जित समस्या समाधान गर्नका लागि के कस्तो पहल कदमी चाल्छ भनी धैर्यतापूर्वक प्रतीक्षा गर्ने निर्णय गरिएको छ। यदि तोकिएको अवधिभित्र पीडितहरूको पक्षमा सरकारले कुनै ठोस कदम नचालेको खण्डमा निम्न बमोजिमको देशव्यापी आन्दोलन सञ्चालन गरिनेछ:
आन्दोलनको कार्यक्रमः जनकपुर-काठमाडौँ (पैदल) न्याय मार्च
सुरु हुने मितिः २०८३।०३।२५
प्रस्थान स्थानः तिरहुतिया गाछी, जनकपुर
३. मधेश प्रदेशको राजधानी जनकपुर देखि संघीय राजधानी काठमाडौँ सम्म मिटरब्याज विरुद्ध न्याय मार्चमा लामबद्ध भई पैदल यात्रा मार्फत न्यायिक संघर्ष अगाडि बढाइने छ। यसरी शान्तिपूर्ण रूपमा गरिने न्याय मार्च मार्फत पनि सरकारको ध्यानाकर्षण नभएको खण्डमा आगामी दिनमा थप सशक्त सडक संघर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत अवगत गराउदै छौ ।। प्रवक्ता रिजन राना मगर ‘आदित्य’को हस्ताक्षर गरेको प्रेस बिज्ञप्तिमा उल्लेख छ ।


