२९ श्रावण २०८३, शुक्रबार

एसिया कप क्रिकेटमा नेपाल र भारत आज आमनेसामने

एसीपी संवाददाता

२ पुष २०८१, मंगलवार १०:१९ मा प्रकाशित

काठमाडौं – एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपाल र भारत आज (मंगलबार) आमनेसामने हुँदैछन् । एक खेल अगावै सुपर फोरमा प्रवेश गरेको नेपाल र भारत आमनेसामने हुन लागेका हुन् ।

खेल मलेसियाको वायुमास ओभलमा बिहान पौन १२ बजे सुरु हुनेछ । सोमबार भएको आफ्नो पहिलो खेलमा नेपालले पाकिस्तानको अन्डर १९ टिमलाई ६ विकेटले पराजित गर्दै सुपर फोरमा स्थान सुरक्षित गरेको हो ।

नेपालको जितमा कप्तान पूजा महतोले सानदार अलराउन्ड प्रदर्शन गरिन् । नेपाली युवा टोलीले पाकिस्तानसँगको पहिलो भेटमै उसलाई स्तब्ध पारेको हो । पाकिस्तान लगातार दोस्रो हारका साथ प्रतियोगिताबाट बाहिरिएको छ । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x