२६ श्रावण २०८३, मंगलवार

लुम्बिनी विकास कोषका निवर्तमान सदस्य ज्ञवाली परिवारद्वारा थाई भिक्षुहरूलाई भोजनदान

एसीपी संवाददाता

२६ श्रावण २०८३, मंगलवार २१:३१ मा प्रकाशित

कपिलवस्तु साउन २६ — कपिलवस्तुस्थित थाई मन्दिर, तिलौराकोटमा आज बर्खाबासको पावन अवसरमा १७ जना थाई भिक्षुहरूलाई भोजनदान तथा मिठाई दान गरिएको छ।

उक्त पुण्यकार्यमा लुम्बिनी विकास कोषका निवर्तमान कार्यकारिणी सदस्य राजेश ज्ञवालीज्यू तथा दुई छोरी आरोग्य ज्ञवाली र आरोही ज्ञवालीले थाई भिक्षुहरूलाई श्रद्धापूर्वक भोजन तथा मिठाई दान गरेका हुन ।

बुद्धका उपदेश, करुणा, मैत्री र सेवाभावलाई आत्मसात् गर्दै गरिएको यस पुण्यकार्यले धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x