२६ श्रावण २०८३, मंगलवार

सरकारसँग चारबुँदे सहमतिपछि राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवको आमरण अनशन स्थगित

एसीपी संवाददाता

२६ श्रावण २०८३, मंगलवार १६:३२ मा प्रकाशित

काठमाडौँ — सुनसरीको देवानगञ्ज घटनाका पीडितलाई न्याय र हिन्दु हितको संरक्षण लगायतका माग राख्दै आमरण अनशनमा बस्नुभएका राष्ट्रिय एकता दलका अध्यक्ष विनय यादवले अनशन स्थगित गर्नुभएको छ। सरकारसँग चारबुँदे लिखित सहमति भएपछि अनशन तत्कालका लागि स्थगित गरिएको हो।                 अध्यक्ष यादव गत साउन १४ गतेदेखि काठमाडौँको माइतीघर मण्डलामा १३ दिनदेखि निरन्तर आमरण अनशनमा हुनुहुन्थ्यो। सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका विरुद्ध न्याय, दीर्घकालीन नीतिगत स्पष्टता र सुरक्षा व्यवस्थाको माग गर्दै उहाँले ६ बुँदे माग अघि सार्नुभएको थियो।

​राष्ट्रिय एकता दलका केन्द्रीय सदस्य मानिष पुर्वेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “अध्यक्ष श्री यादवज्यूले राख्नुभएका मागहरूका सन्दर्भमा सरकारले विभिन्न चारबुँदे लिखित सहमति गरी सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेको स्थितिमा तत्कालका लागि आमरण अनशन स्थगित गरिएको छ।”

​दलले सुनसरी घटनाका पीडित तथा प्रभावित परिवारका पक्षमा सरकारले व्यक्त गरेको प्रतिबद्धताअनुरूप यथाशीघ्र कार्य हुनेमा विश्वास व्यक्त गरेको छ। साथै, हिन्दु धर्म, संस्कृति र पहिचानको संरक्षणका लागि आवश्यकता अनुसार आगामी दिनमा पनि आन्दोलन जारी राख्ने प्रतिबद्धता दलले जनाएको छ

अध्यक्ष यादवले कुमारी कन्याको हाथबाट जूस खाई अनसन स्थगित गरेका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x