परिवारसँग गरिएको सम्झौता, सरकारको घोषणा तथा क्षतिपूर्तिको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न ध्यानाकर्षण
सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका–३ का निवासी ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रविन्द्र मेहता तथा सोही आन्दोलनका क्रममा सिराहाको गोलबजारका गणेश यादवले ज्यान गुमाउनुभएको दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँहरूका परिवारसँग गरिएको सम्झौता, सरकारको घोषणा तथा क्षतिपूर्तिको निर्णय यथाशीघ्र कार्यान्वयन गर्न नेपाल सरकारसँग माग गरिएको छ।
सुनसरी, सप्तरी, सिराहा र धनुषामा मुस्लिम समुदायका घर, पसल तथा मस्जिदमा भएको तोडफोड र आगजनीमा संलग्न दोषीहरूलाई तत्काल कानुनी कारबाही गरी पीडितलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ। यसै विषयमा धनुषा, जनकपुरका मुस्लिम अगुवा नेता हाकिम राइनजीको अगवैईमा ओलमा फाउन्डेसन नेपालका कार्यवाहक अध्यक्ष मोहम्मद फारुक बर्काती को अध्यक्षतामा , मुफती उस्मान बर्काती मौलाना, मोहम्मद महबुब राजा, हाजी जाल मोहम्मद, महबुब नजमी लगायत धनुषाका मुस्लिम अगुवाहरूले माननीय गृहमन्त्रीज्यूलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै पीडितलाई न्याय, दोषीलाई कानुनी कारबाही तथा क्षतिपूर्तिको शीघ्र कार्यान्वयनका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।


