२४ कार्तिक २०८२, आईतवार

ओली र दाहाल अडानमै भावी सभामुख चयनको विषय झनै पेचिलो

एसीपी संवाददाता

२२ पुष २०७६, मंगलवार ०९:५१ मा प्रकाशित

समाचार एजेन्सी । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल अडान कायमै रहेपछि भावी सभामुख चयनको विषय झनै पेचिलो बनेको छ । अध्यक्षद्वयबीच सोमबार प्रधानमन्त्री निवासबालुवाटारमा सभामुख चयनका विषयमा छलफल भएको थियो । तर, दुवै अध्यक्षलेआ–आफ्ना अडानयथावतै राखेपछि सहमति जुट्न नसकेको हो । स्रोतका अनुसार छलफलमा अध्यक्ष दाहालले पूर्वसहमति अनुसार जान प्रधानमन्त्री एवंअध्यक्ष ओलीलाई प्रस्ताव गरेका थिए । ओलीले अहिले त्यसअनुसार जान नमिल्ने जवाफ दिएकाथिए । त्यसपछि दाहालले पार्टी एकता हुँदाको सहमतिबारे ओलीलाई सम्झाएका थिए । यसअघि नै सबै पद पूर्व एमालेले लिएको र अहिले सभामुख छाड्ननसकिने अडान दाहालले लिएपछि ओलीले मंगलबार फेरि छलफल गरौंला भनेका थिए । त्यसपछि दुई अध्यक्ष बीचको छलफल सकिएको थियो ।दाहाल निकट एक नेताका अनुसार दुई अध्यक्षबीच पात्र भन्दापनि कुन समूहले सभामुख लिने भन्नेविषयमा विवाद छ। दुईअध्यक्षबीचका पछिल्ला छलफल पात्रभन्दा पनि कुन समूहले लिनेभन्नेमा केन्द्रीत हो, ती नेताले भने, ‘यसमा सहमतिजुटेपछि पात्रको विषयमा ठोस छलफल हुन्छ । सभामुखका लागि प्रधानमन्त्री ओलीले पूर्वसभामुखसुवास नेम्वाङको नाम अगाडि सारेका छन् । दाहालले स्थायी समिति सदस्य अग्निसापकोटालाई अगाडि सारेका छन् । आफूले अगाडि सारेका नेताहरुलाई सभामुखको आश्वासनपनि दिएका छन् । ओली र दाहालबीच सभामुखमा सहमति जुट्न नसक्दा १६ गतेका लागि तयभएको संसद बैठक २७ गतेका लागि सरेको छ ।
पूर्व एमाले समूहले पार्टी एकीकरणभइसकेको अवस्थामा पूर्व सहमति खोज्न नहुने तर्क अगाडि सारेको छ । सभामुख र उपसभामुख फरकफरक पार्टीको हुनुपर्नेसंवैधानिक व्यवस्था छ । यदि नेकपाले सभामुखको दाबेदारी गर्ने हो भने उपसभामुखतुम्बाहाङ्फेलाई पनि राजीनामा गराउनुपर्ने हुन्छ । किनकिएउटै पार्टीकोतर्फबाट सभामुख र उपसभामुख हुन नहुने संवैधानिक व्यवस्था छ । तुम्बाहाङ्फेले पनिसभामुखमा आफ्नो दाबी कायमै राखेकी छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x