२१ कार्तिक २०८३, शुक्रबार

तिहार तथा छठ पर्वले आपसी प्रेम, सद्भाव र सांस्कृतिक एकता मजबुत बनाओस् : डा. राहुल थापा

एसीपी संवाददाता

२२ कार्तिक २०८३, शनिबार ०१:३२ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक २० गते — वेस्टर्न अस्पताल नेपालगञ्जका निर्देशक एवं प्रतिष्ठित समाजसेवी डा. राहुल थापाले नेपालीहरूको महान् सांस्कृतिक पर्व तिहार तथा छठ पर्वको अवसरमा सम्पूर्ण देशवासी, नगरवासी तथा शुभेच्छुकहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

‘हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल भावनालाई आत्मसात् गर्दै डा. थापाले तिहार र छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, भाइचारा र सांस्कृतिक एकतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको हो।डा. थापाले भन्नुभएको छ, “भाइटीकाको दाजुभाइ–दिदीबहिनीबीचको अगाध प्रेम र छठ पर्वको पवित्र उपासनाले हाम्रो मौलिक संस्कृति र सामाजिक एकतालाई थप मजबुत बनाओस्। दीपावलीको उज्यालोले सबैको जीवनमा नयाँ आशा, ऊर्जा, सुख र खुसीयाली ल्याओस्।”

उहाँले चाडपर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता र एकताको भावना विकास गर्दै सबैलाई सकारात्मक सोचका साथ अघि बढ्न प्रेरणा दिने विश्वाससमेत व्यक्त गर्नुभएको छ।

यसैगरी, वेस्टर्न अस्पताल नेपालगञ्ज, बाँके परिवारका तर्फबाट डा. थापाले चाडपर्व मनाउने क्रममा आफ्नो स्वास्थ्य र सुरक्षाप्रति विशेष ध्यान दिन आग्रह गर्नुभएको छ। उहाँले स्वास्थ्यसम्बन्धी सचेतना अपनाउँदै सुरक्षित, मर्यादित र हर्षोल्लासपूर्ण वातावरणमा तिहार तथा छठ पर्व मनाउन सबैमा अपिल गर्नुभएको छ।

डा. थापाले सम्पूर्ण नेपालीको सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि तथा दीर्घायुको कामना गर्दै तिहार र छठ पर्वको पुनः हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x