२१ कार्तिक २०८३, शुक्रबार

कमेडियन कपिल शर्माको पहिलो तलब कति थियो ?

एसीपी संवाददाता

१५ चैत्र २०७९, बुधबार ०८:०२ मा प्रकाशित

रियालिटी शो ‘द ग्रेट इन्डियन लाफ्टर च्यालेन्ज’बाट छाएका कमेडियन कपिल शर्मा यतिबेला निकै चर्चामा छन्।

उनको फिल्म ‘ज्विगाटो’ रिलिज भएको छ। उनी कमेडियनका रुपमा चिनिन्छन् तर यो फिल्ममा फरक भूमिकामा छन्। कपिल शर्मा विगत केही वर्षदेखि सेलेब्रिटीको जीवनशैली जिइरहेका छन्। उनी करोडौं रुपैयाँ कर तिर्नेमा पर्छन्। तर यसअघि कपिलका लागि यी सबै कुरा सहज थिएनन्। उनी अमृतसरमा हुर्केका थिए, जहाँ उनले प्रायः पकेट मनी कमाउन विभिन्न अनौठो काम गर्थे। फिल्म ‘ज्विगाटो’ रिलिजपछि कपिलले एक अन्तर्वार्तामा आफ्नो पहिलो पारिश्रमिकबारे टिप्पणी गरेका छन्।

कर्ली टेल्ससँग कुरा गर्दै कपिलले भने, ‘मलाई याद छ जब म एसटीडी/पीसीओ बुथमा काम गर्थेँ, म महिनामा पाँच सय रुपैयाँ पाउँथेँ। यो मेरो पहिलो तलब थियो।’

कपिलले १४ वर्षको उमेरमा आफूले ९ सय पारिश्रमिक लिने मिलमा पनि काम गरेको बताए। उनले भने, ‘मैले धेरै अनौठा काम गरेको छु। १० कक्षाको परीक्षा दिएपछि कपडा मिलमा काम गर्थें। गर्मी यति थियो कि प्रवासी मजदुर पनि गाउँतिर भाग्थे।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x