कलेज अफ एलाइड टेक्निकल साइन्सका प्रबन्ध निर्देशक संजय सिंहलाई मातृशोक, उजेली देवी सिंहको निधन
दिनेश ठाकुर नेपालगन्ज, असाेज २४ — कलेज अफ एलाइड टेक्निकल साइन्स, नेपालगन्ज, बाँकेका प्रबन्ध निर्देशक एवं सञ्चालक संजय सिंहकी ममतामयी माता उजेली देवी सिंहको निधन भएको छ। उहाँको निधन २०८३ साल असोज २३ गते भएको हो।
उजेली देवी सिंहको निधनप्रति कलेज अफ एलाइड टेक्निकल साइन्स परिवारले गहिरो दुःख व्यक्त गरेको छ। कलेज परिवारले शोक वक्तव्य जारी गर्दै दिवंगत उजेली देवी सिंहप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ।
शोक वक्तव्यमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ। साथै, यस दुःखद घडीमा प्रबन्ध निर्देशक संजय सिंहसहित सम्पूर्ण परिवारलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गरिएको छ।
मातृवियोगको यस पीडादायी क्षणमा कलेज परिवारले शोकसन्तप्त परिवारप्रति ऐक्यबद्धता प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ।


