घटस्थापनाको अवसरमा नेपालगन्जमा ‘कुटुम्ब किचन’ सञ्चालनमा आउँदै, मौलिक नेपाली स्वादमा जोड नेपाली परिकार, सेकुवा र मःमःका विभिन्न स्वाद एकै ठाउँमा पाइने
दिनेश ठाकुर नेपालगन्ज, असोज २५ — बडा दसैँ तथा घटस्थापनाको पावन अवसर पारेर बाँकेको नेपालगन्जमा नयाँ नेपाली रेस्टुरेन्ट ‘कुटुम्ब किचन’ सञ्चालनमा आउने भएको छ। नेपालगन्जको धम्बोझी चोक नजिकै सुर्खेत रोडमा अवस्थित कुटुम्ब क्याफेसँगै स्थापना गरिएको कुटुम्ब किचनको उद्घाटन समारोह घटस्थापनाका अाज आयोजना गरिने भएको हो।
नेपाली मौलिक स्वाद, परम्परा र संस्कृतिलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित सञ्चालनमा आउन लागेको कुटुम्ब किचनले ग्राहकलाई विभिन्न नेपाली परिकार, स्वादिष्ट सेकुवा तथा मःमःका विविध स्वाद उपलब्ध गराउने जनाएको छ। ‘स्वादमा कुटुम्ब, संस्कारमा कुटुम्ब’ भन्ने नाराका साथ सुरु हुन लागेको यस रेस्टुरेन्टले नेपालगन्जको खानपान तथा आतिथ्य सत्कारको क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने अपेक्षा गरिएको छ।
कुटुम्ब किचनकी सञ्चालक शारदा भण्डारीका अनुसार नेपाली मौलिक खानाको स्वाद, पारिवारिक वातावरण र आत्मीय आतिथ्यलाई प्राथमिकतामा राखेर रेस्टुरेन्ट सञ्चालन गर्न लागिएको हो।
सञ्चालक भण्डारीले भनिन्, “नेपाली खानाको मौलिक स्वाद र हाम्रो संस्कृति तथा परम्परालाई जोगाउँदै ग्राहकलाई गुणस्तरीय परिकार उपलब्ध गराउने हाम्रो उद्देश्य हो। कुटुम्ब किचनलाई केवल खाना खाने ठाउँका रूपमा मात्र नभई परिवार, साथीभाइ र आफन्तसँग आत्मीय समय बिताउन सकिने रमाइलो गन्तव्यका रूपमा विकास गर्न चाहन्छौँ।
”उनले स्थानीय ग्राहकको रुचि र आवश्यकतालाई ध्यानमा राख्दै स्वाद, गुणस्तर, सरसफाइ र सेवामा विशेष ध्यान दिइने बताइन्। साथै, नेपालगन्जवासीको माया, साथ र सहयोगले कुटुम्ब किचनलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।
घटस्थापनाको शुभ अवसरमा आयोजना हुने उद्घाटन समारोहमा उपस्थित भई नयाँ व्यवसायलाई हौसला प्रदान गर्न कुटुम्ब परिवारले सम्पूर्ण नगरवासी, उद्योगी–व्यवसायी, शुभचिन्तक तथा सरोकारवालालाई हार्दिक निमन्त्रणा गरेको छ।
नेपाली स्वाद र संस्कृतिलाई प्राथमिकता दिँदै सञ्चालनमा आउन लागेको कुटुम्ब किचनले दसैँको उत्सवी माहोलसँगै नेपालगन्जवासीलाई नयाँ खानपानको अनुभव प्रदान गर्ने अपेक्षा गरिएको छ।


