१४ मंसिर २०८०, बिहीबार

कांग्रेसका युवा नेता एवम् पूर्वसांसद खतिवडाले जीप दुर्घटनाका घाइतेहरूलाई हेलिकप्टरमार्फत उद्धार

एसीपी संवाददाता

१३ माघ २०७६, सोमबार १७:०५ मा प्रकाशित

नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले जीप दुर्घटनाका घाइतेहरूलाई ओखलढुंगाबाट हेलिकप्टरमार्फत उद्धार गरेर काठमाडौं ल्याएका छन् ।
ओखलढुंगा जिल्लाको फेदीकोटमा सोमबार बिहान बोलेरो जीप दुर्घटना भएको थियो । दुर्घटनामा फेदीकोट – ५ का सन्तोष बिकको मृत्यु भएको छ ।
दुर्घटनामा कुमारी बिक, अनिता बुढाथोकी र जितबादुर खत्री गम्भीर घाइते भएको नेपाली कांग्रेसका युवा नेता खतिवडाले जानकारी दिए ।
घाइते तीन जनालाई काठमाडौंको ह्याम्प अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था गम्भीर रहेको खतिवडाले बताए । रिपब्लिका दैनिकले प्रकाशित गरेको छ ।



0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x