कांग्रेसका सभापति देउवाले प्रतिनिधि सभाको निर्वाचन अगाडि ‘कम्युनिस्टले जिते भने बोल्न र रुन पनि पाइँदैन’सत्य हुदै

माघ १४ गते ।
नेपाली काग्रेश सभापति देउवाले भनेको त्यस बेलाको यो अभिव्यक्ति अहिले आएर सत्य सावित हुन थालेको छ । पत्रकार, कलाकार, नागरिक समाज र सर्वसाधारणले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताअनुसार बोल्न पाइरहेका छैनन् ।
केही समय अगाडि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत गाए । गीतलाई कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाइदियो ।
अर्का गायक भिटेनले पनि गीत सार्वजनिक गरे । उनलाई त झन् कम्युनिस्ट सरकारले हिरासतमा राखेरै कारबाही चलायो ।
अहिले गायिका आस्था राउतले सभापति देउवाले निर्वाचनका बेला भनेको त्यो अभिव्यक्तिको सामना गरिरहेकी छिन् । अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी कर्मचारीले गरेको दुर्व्यवहारको विरुद्ध सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिए वापत हिसातमा बस्नु परेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई प्रहरीको आलोचना र दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाएको छ । गायिका राउत अब चार दिन हिरासतमा बस्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।
प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो ।
सरकारी वकिलले पाँच दिन थुनामा राख्ने अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् ।;गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको निर्वाचन अगाडि ‘कम्युनिस्टले जिते भने बोल्न र रुन पनि पाइँदैन’ भनेका थिए ।……
सभापति देउवाले भनेको त्यस बेलाको यो अभिव्यक्ति अहिले आएर सत्य सावित हुन थालेको छ । पत्रकार, कलाकार, नागरिक समाज र सर्वसाधारणले संविधानले दिएको अभिव्यक्ति स्वतन्त्रताअनुसार बोल्न पाइरहेका छैनन् ।
केही समय अगाडि गायक पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा’ बोलको गीत गाए । गीतलाई कम्युनिस्ट सरकारले प्रतिबन्ध लगाइदियो ।
अर्का गायक भिटेनले पनि गीत सार्वजनिक गरे । उनलाई त झन् कम्युनिस्ट सरकारले हिरासतमा राखेरै कारबाही चलायो ।
अहिले गायिका आस्था राउतले सभापति देउवाले निर्वाचनका बेला भनेको त्यो अभिव्यक्तिको सामना गरिरहेकी छिन् । अन्तर्राष्ट्रिय विमानस्थलमा महिला प्रहरी कर्मचारीले गरेको दुर्व्यवहारको विरुद्ध सामाजिक सञ्जालमा कडा अभिव्यक्ति दिए वापत हिसातमा बस्नु परेको छ ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले गायिका राउतलाई प्रहरीको आलोचना र दुर्व्यवहार गरेको अभियोगमा मुद्धा चलाएको छ । गायिका राउत अब चार दिन हिरासतमा बस्नुपर्नेछ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका राउतलाई चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।
सोमबार प्रहरी सम्पर्कमा आएकी राउतमाथि अनुसन्धानका लागि सात दिन थुनामा राख्ने अनुमति माग्दै गएको प्रहरीलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले चार दिन थुन्न आदेश दिएका हुन् ।
प्रहरीले सरकारी वकिलमार्फत राउतलाई थुनामा राखेर अनुसन्धान गर्न सात दिनको अनुमति मागेको थियो ।
सरकारी वकिलले पाँच दिन थुनामा राख्ने अनुमति मागेकोमा आफूले चार दिनको समय दिएको प्रमुख जिल्ला अधिकारी दाहालले बताएका छन् । रिपब्लिका दैनिकमा खन्बरले समाचार प्रकाशित गरेको छ ।