५ श्रावण २०८३, मंगलवार

के राजनीति कमाइ खाने भाँडो हो?

एसीपी संवाददाता

२६ असार २०८१, मंगलवार ०६:४६ मा प्रकाशित

मेरो राजनीतिक यात्रा २४ बर्षको अनुभव र मृत्युको अन्तिम सास सम्म सिकाई नै रहने छ । जति बेला म पाटन संयुक्त क्याम्पस पाटन ढोकामा intermediate (आई.ए. ) मा अध्यनरत थिए त्यतिबेला लौह पुरुष गणेश मान सिहं संग मेरो पहिलो भेट बि.सं. २०५४ साल जेष्ठ माहिना तिर हो। काठमाडौ निज निवासमा स्वा. जन सेनानी गोविन्द बहादुर श्रेष्ठ र अदारणिय दाजु हेमन्त कर्माचार्य ज्यु, को साथमा भेट भयो र त्यतिबेला हामी नेवारी परम्परागत बैठक लामो कोठामा lemon tea को चुस्की लिदै जनजातिको छोरा लौह पुरुष गणेश मान सिहंको उपदेश सुन्दा म राजनीति प्रति हौसिए र १६ बर्षको उमेरमा political प्रति मेरो जुनुन झन आयो । मुलुकको लागि र समाजको लागि हामीले केहि गर्नु पर्छ, हामी राजनीति लाई पैसा संग तुलना गर्नु हुदैन । अर्को मेरो एतिहासिक ब्याक्तित्व संगको भेट सन्त नेता कृष्ण प्रसाद भट्टराई उहाँ दोस्रो पटक देशको प्रधानमन्त्री बि. सं. २०५६ सालमा बन्नु भयो र मेरो जिवनको पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा पुन: सन्त नेताले कृष्ण प्रसाद भट्टराईको सहाकार्मी सहायोगी जनसेनानी स्व. गोविन्द बहादुरको साथमा दोस्रोपटकको प्रधानमन्त्री हुदां हामी बधाई दिन गयौं । हुनत मेरो यो भन्दा पहिले नै सन्त नेता किसुन भट्टराई संग भेट भाईसकेको किन भने जनसेनानी गोविन्द बहादुर श्रेष्ठ ज्यु,को सुपुत्र दाजु शैलेन्द्र श्रेष्ठ सन्त नेता कृष्ण प्रसाद भट्टराईको सहायोगीको रूपमा संगै बस्नु हुन्थ्यो त्यस कारण मेरो भेट हुने गर्थ्यो। सन्त नेता भट्टराई गान्धी बादी, नअत्तिने, sense and humour नेताको रूपमा उहाँको गुण थियो । उहाँ सर्बजनिक पदमा हुँदा कहिल्यै ब्यक्तिगत लाभ लिनु भएन । बालुवाटार बाट निस्कदा एउटा छाता, सुराकी र लौरो लिएर निस्कनु भयो। हामीले नेता भनाउने हरु उहाँ हरु बाट सिक्ने होईन र? केन्द्र होस् व स्थानिय राज्यसत्ता सञ्चालन गर्ने राज्यको नीति होइ्न र ? राजनीतिक ब्यवस्थालाई ठिक तरिकाले चलाएर जनताको लागि काम गर्ने व्यवस्था होईन र ? यसैगरी अन्य देशप्रतिको कुटनैतिक लगायतका सम्बन्धलाई ठिक र सन्तुलनमा राख्ने व्यवहारगत व्यवस्था नै राजनीति होईन र? यसरी राजनीतिका अनेक परिभाषाहरु दिन सकिन्छ । लोकतान्त्रिक देशका कुनै पनि राजनीतिक पार्टीका जनप्रतिनिधिले जनताको लागि राजनीति गरेपछि अवश्य नै त्यो सफल र सक्षम बन्नु पर्दछ । जनतालाई जब कुनैपनि जनप्रतिनिधिले बेवास्था गर्ने गर्दछन् त्यसपछि जनताको लागि भनिएको राजनीति सदाको लागि समाप्त हुन पुग्दछ । त्यसरी जनताको लागि संघर्षको प्रतिफल दिन नसक्ने राजनीतिक दलको नेताको औचित्य पनि समाप्त हुन्छ ।

नेपाली जनताको टाउको माथि टेकेर धेरै पटक-पटक धेरै हामी राजनीतिक नेताले राजनीति गर्‍यो । तर बर्तमान अवस्थामस देश र जनताका लागि खास काम गरेको देखिएन । जनप्रतिनिधिहरु मुलुक र जनता होइन नितान्त ब्यक्तिगत स्थापित हुने परिपाटीले गर्दा देशमा जनताले चाहे जति विकास हुन सकेन । राजनीति पनि जनताको लागि नभई ब्यक्तिको लागि मात्र जस्ते हुन गयो । फलस्वरुप जनताको लागि भनेर गरिएको राजनीतिले जनताले प्राप्त गर्नुपर्ने सबै सेवा सुविधा अहिलेसम्म पनि प्राप्त गर्न सकेनन् । जसको कारण जनताको संघर्षले फल नपाएजस्तो भएको छ । प्रगतिको घाँडो नै रित्तो भइरहेको जस्तो महसुस भएको छ । जनता र राजनीतिक दलको सम्बन्ध सधै सुमधुर बन्दै जानुको साटो झन विग्रँदै गइरहेको छ ।

कुनै पनि राजनीतिक दलले सत्तामा पुग्नुलाई मात्र उद्धेश्य बनाएका कारण नेपाली जनता झन पछी झन पिछडिदै गइरहेका छन् । सत्तामा पुग्दासाथ निर्वाचनको समयमा जनतामाझ गरेका प्रतिवद्धता पुरा गर्नुको साटो आफ्नै भुँडी भर्न पुग्नु उनीहरुको काम भइरहेको आरोप लागिरहेको छ जो धेरै हदसम्म सहीपनि हो । यसो भन्दा जनप्रतिनिधिहरुलाई पीर पनि लाग्ला तर पीर परेपनि जनताको बुझाई आज यही नै बनेको छ । जनप्रतिनिधि र कर्मचारीहरु अवसर पाउनासाथ अकुत सम्पत्ती आर्जन गर्ने अनैतिक कृयाकलापमा संलग्न हुन्छन् भन्ने कुरा धेरै स्थानहरुमा पुष्टी भएको पनि छ । चाहे त्यो ठेक्का पत्तामा सेटिङ्ग होस कि बेमहशुल खर्च, कर्मचारीको नियुक्ति, रकमको हिनामिना र अनियमितता जस्ता तमाम issue को बारेमा जनता समक्ष प्रश्न चिन्ह खडा भएको छ।

यता आफूले गरेका कामहरु कति राम्रा छन् ? कति नराम्रा छन् ? भन्ने कुरा छुट्टाउन नसक्दा राजनीतिक दल नेता हरुमा जनतामाझ आलोचित हुनुपरेको छ किन भने जिल्ला देखि केन्द्र सम्मका नेता हरु बाट जनताको सानो तिनो काममा पनि कमिशन र सेटिङ्गको काम गरेर ब्यवासायिक राजनीति गरेको देखिन्छ ।। सत्तामा आसीन राजनीतिक दलले बन्दुक र शक्तिको आडामा जनताका आवाजहरु बन्द गर्ने सम्मका प्रयासहरु गर्दै आइरहेका छन् । सरकारी ढुकुटीलाई आफ्नो पुर्खाको सम्पत्ती ठानी राष्ट्र, राष्ट्रियता र स्वाभिमान लत्याउँदै जनता भन्दा पनि आफ्नै जीवनको लागि पार्टी सञ्चालन गर्दै गरेको देखियो । राजनीतिलाई आर्थिक कुम्ल्याउने प्रतिस्पर्धाको रुपमा लिइने गरिएको छ । प्रहरी प्रशासनको भरमा जनता माथि तान्डव मच्चाउने काम समेत गर्दै आएका छन् । जनताको लागि राजनीति दलहरु कहिल्यै पनि जिम्मेवार देखिएन । आफू अनुकूलतामा काम गर्दै आए । पारिवारीक झमेलामा अल्झिएरै कहिँ न कहिँ भ्रष्टाचारमा लिप्त हुन पुगेका छन् ।

सत्ताको बागडोर सम्हाल्दा आफू र जनता गरी दुई प्रकारको विभेदकारी दृष्टिकोणले हेर्ने गरिएको छ । सबैलाई हेर्ने समान दृष्टिकोण बनाएको भए आज जनता एक आपसमा विभाजित हुनु पर्ने परिस्थिति आउने थिएन । देशको विकास पनि समग्र रुपमा नभई विभाजित रुपमा गर्ने तरिकालाई आत्मसाथ गरियो । जसले गर्दा जनतालाई अनुभव हुने गरी समान विकास दिन सकेनन् । राजनीतिक दलले जनताको लागि राजनीति गर्नुपर्छ भन्ने मानसिकता बनाउन सकेनन् । राज्य नेतृत्व कर्ताले आफ्नो दायित्व बहन गर्न सकेन । जनताको लागि लोकप्रियता भन्दा पनि आफन्तजनको लागि मात्र लोकप्रिय बन्न पुगे । आफन्तवादको नारा र कामले गर्दा जनतालाई भड्काउने राजनीतिको सुरुवात गरे । जनताको झुपडीसम्म पुगेर भन्दा पनि ठूला महलहरुमा बसेर विकासका योजनाहरु बनाउन लागे ।

महलमा बनाइएका योजनाले जनताका आधारभूत आवश्यकताको पहिचान हुन सकेन । जसले गर्दा राज्य सत्ताप्रति सधै जनताको घृणा उब्जिन पुगको छ । सडकदेखि सदनसम्म विरोधका आवाज उठ्ने गरेका छन् । राजनीतिक दल र जनताबीच अविश्वासको वातावरण र खाडल बढदै गएकाले जनता र राजनीतिक दल एक आपसका परिपुरक साधन हुन सकेनन् । राजनीतिक दलले जनतालाई कहिल्यै पनि पुरा गर्न नसक्ने झुट्टा आश्वासन मात्र बाँडेका कारणले जनता र राजनीतिक दलको विश्वासलाई दिन प्रतिदिन धरासायी बनाउँदै गए । अविश्वासका कारण जनता खुसी, सुखि र सम्पन्न हुन सकेनन् ।
जनताले इमानदार र निष्ठाको राजनीति गर्ने राजनीतिक दलका नेता पाएनन् । सत्ताको संयन्त्रले जब जनतामाथि शक्ति प्रदर्शन गर्न खोज्छ, त्यसबेला जनताले त्यो शक्ति प्रदर्शनलाई सहन सक्दैनन् । त्यसैको परिणामले देशमा समय-समयमा सडकबाट गरिएको आन्दोलनले सत्ता ढल्ने गरेको छ ।

नेपालका हामी नेताहरुले जनतामाथि नाङ्गो खेल खेलेर राजनीतिक सन्तुष्टि लिने होइन । सिङ्गो जनतालाई आफूसँगै रिजाउन लाग्नु पर्छ । राजनीति भनेको जनताको सर्वोच्च शक्ति हो । राजनीतिक दलले त्यो सम्पूर्ण शक्तिलाई ग्रहरण गरी सबै शक्तिलाई जनताको लागि परिचालन गरिनु पर्दछ । राजनीतिलाई जनतामुखि बनाउनु पर्छ । राजनीतिक दलले जनता माथि भएको अन्याय र अत्याचारको अन्त्य गरी गलत राजनीतिको बाटो छोड्नु पर्दछ । जनताका सल्लाह, सुझाव र गुनासालाई सबै राजनीतिक दलले सहजै स्वीकार गर्न सक्नु पर्छ । राजनीति जनताको न्यायको लागि हो ।

त्यसका लागि निश्पक्ष राजनीतिको अवश्यक हुन्छ । राजनीतिक दलका नेताले अवसर आएको समयमा जनतामाझ क्षमता देखाउनु पर्छ, शक्ति देखाउनु हुँदैन । मुल्यको राजनीति भन्दा पनि ब्यक्तिगत सफलताको राजनीतिको विश्वासले गर्दा जनता सधै दुःख पाउने गरेका छन् । आदर्श र इतिहासको कुराले मात्र जनताको लागि राजनीति हुन सक्दैन । वर्तमान र भविश्यको पनि आवश्यकता बुझेर अब ती सबैको अत्य गरी विशुद्ध देश र आम जनताको लागि राजनीतिक दलहरुले राजनीति गर्नु पर्दछ । जय नेपाल । बिनोद थारू नेपाली कांग्रेस सहा सचिब, बाँके

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x