४ श्रावण २०८३, सोमबार

रोटी बेटिको सम्बन्ध बारे मजाक बनाउनेहरुको लागि संदेश

एसीपी संवाददाता

३ श्रावण २०८३, आईतवार २०:५१ मा प्रकाशित

रोटि बेटिको सम्बन्धले नेपाल – भारत दुई देश तर मन मुटु एक थियोे , छ , र रहि रहन्छ ।

समान्य पब्लिक आम साधारण जनता को  मजाक बनाउनेहरु एक नजर यता हेरेर पढ्नु अनि सम्झिनु । नेपाल भारत बीच दुरि बनाई तेस्रो मुलुक खासगरी पश्चिमीकरण र युरोपेली देश सहित केही एसिया का देश नेपाल का केही छिमेकि ले पनि नेपाल भारत सम्बन्ध  राम्रो भएको हेर्न चाहन्नन किन त्यो नेपाली जनताले सोच्ने हो ?

केही उदाहरणका साहित्यकार खगेन्द्र गिरि कोपिला ले समाजिक संजालमा पोस्ट गरेको समय सन्दर्भ

यिनी हुन् भारतको जैसलमेर राज्यकी राजमाता रासेश्वरी राज्यलक्ष्मी सिंह भाटी । यिनी नेपालकी चेली हुन्। यिनको जैसलमेरका राजा बृजराज सिंह भाटीसंग २०५० पुसमा विवाह भएको थियो। यिनका पतिको ६ वर्ष अघि निधन भैसक्यो। यिनका जेष्ठ पुत्र चैतन्यराज सिंहलाई वर्तमान समयमा जैसलमेरका राजाको सामाजिक मान्यता प्राप्त छ।

रासेश्वरी राज्यलक्ष्मी सिंह भाटी नेपालका प्रधानमन्त्री वीर शमशेर राणाकी पनातिनी, प्रधान न्यायाधीश आनन्द शमशेर राणाकी नातिनी र लायन्स क्लब काठमाडौका संस्थापक श्री सहदेव शमशेर राणाकी पुत्री हुन्।

यिनकी हजुरआमा राजकुमारी लिरेन्द्र राज्यलक्ष्मी राणा श्री ५ महाराजाधिराज पृथ्वी वीर विक्रम शाह देवकी बहिनी थिइन्।
आनन्द शमशेर राणा २००४ मा प्रधान न्यायाधीश र २०१२ वैशाखमा श्री ५ महेन्द्रबाट गठित शाही सल्लाहकार परिषदमा उपप्रमुख शाही सल्लाहकार नियुक्त भएका थिए। यो पद उपप्रधानमन्त्री सरह थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x