३ श्रावण २०८३, आईतवार

तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा ८ जना घाइते

एसीपी संवाददाता

३ श्रावण २०८३, आईतवार ०९:१७ मा प्रकाशित

चितवन : मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलविरे क्षेत्रमा आइतबार बिहान तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।

दुर्घटनापछि उक्त सडकखण्ड अवरुद्ध भएको छ। यसअघि सुरक्षाका कारण जिल्ला प्रशासन कार्यालयले लगाएको सवारी आवागमन रोक आइतबार बिहानदेखि हटाइएको थियो।

सडक डिभिजन भरतपुरले चालकहरूलाई हतार नगर्न, लेन अनुशासन पालना गर्न, सीमित गतिमा सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x