१० कार्तिक २०८१, शनिबार

चर्चित कलाकारहरुको साथमा धान दिवस मनाईने

एसीपी संवाददाता

५ असार २०८१, मंगलवार ११:३६ मा प्रकाशित

 बाँके । मानो रोपेर मुरी उब्जाउने’ महिना मानिने असार महिनाको १५ गते धान दिवस अथवा असार १५ मनाउन चर्चित कलाकार ज्योति मगर, कलाकार चक्र बम र ड्राइ स्कन्क ब्याण्ड रोपाइँ जात्रा मनाउन नेपालगञ्ज आउँदैछन ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१९ भैयांपुुर राझामा `रोपाइँ festival season-4´ मा चर्चित कलाकार आउने भएका छन ।

टिम डि-एड्जको आयोजनामा हुन लागेको रोपाइँ`रोपाइँ festival season-4´ को तयारी भै रहेको टिम डि-एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले जानकारी दिएका छन ।

असार भरी रोपाइँको चटारोले थकित भएका किसानलाई एक दिन धान रोपाईं संगै आपसमा हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्ने तथा दही चिउरा खाने गरिन्छ । दही र चिउराले शक्ति र शीतलता प्राप्त हुने विश्वासले असार १५, २०६२ सालदेखि असार १५ लाई धान दिवसका रुपमा मनाउँदै आएको पाइन्छ ।

धान नेपालको प्रमुख खाद्यान्न बाली हो । अहिले अधिकांस धान उत्पादन हुने जग्गाहरु घडेरीका रुपमा पलाटिङ भएका छन । त्यसैमा युवा जनशक्ति पलायन, सिमित व्यक्तिका हातमा धेरै जमिन, जग्गाको खण्डीकरण, खेतीयोग्य भूमि घडेरीमा परिणत गर्नु, आकासे खेतीमा निर्भर, सिँचाइको व्यवस्था नहुनु, उन्नत जातका बीउवीजन तथा मलखाद तथा अनुदानको राम्रो व्यवस्था नहुँदा धानको उत्पादनमा असर परेको टिम डि-एड्जका अध्यक्ष तथा संस्थापक दिनेश थापा मगरले बताए ।

टिम डि- एड्जको आयोजनामा हुन लागेको `रोपाइँ festival season-4´ मा हुने आकर्षक बिशेषताहरु‘

(१) निःशुल्क प्रवेश:  समावेशीता सुनिश्चित गर्न र अधिकतम सहभागितालाई प्रोत्साहित गर्न, हामी सबै आगन्तुकहरूलाई निःशुल्क प्रवेश प्रस्ताव गर्दछौं ।

(२) पञ्चे बाजा : प्रत्यक्ष पञ्चे बाजा (परम्परागत सांगीतिक ब्यान्ड) प्रदर्शनले एक जीवन्त वातावरण सिर्जना गर्नेछ, कार्यक्रमको सांस्कृतिक सारलाई बढाउँछ ।

(३) ज्योति मगरको र चक्र बमको लाइभ म्युजिक र ड्राई स्कन्कको ब्याण्ड:  चर्चित राष्ट्रिय कलाकारहरू प्रस्तुति र ब्याण्ड द्वारा उत्सवको भावनालाई दिनभर जीवित राख्नको लागि प्रत्यक्ष संगीत प्रदर्शनहरू प्रस्तुत गरिनेछ ।

(४) रक्तदान कार्यक्रम: असार १५ धान दिवसको अवसर पारेरर बाँके नेपालगन्ज रेडक्रसमा रगतको अभाव लाई मध्य नजर गर्दै नेपालगन्ज रेडक्रस उपशाखा राँझा र टिम डि-एड्जको आयोजनामा रक्तदान कार्यक्रम हुने ।

(५) प्रिपेड फूड स्टलहरू: हामी प्रिपेड फूड स्टलहरू व्यवस्थित गर्नेछौं जहाँ सहभागीहरूले विभिन्न प्रकारका स्वादिष्ट खानाहरुको स्टल रहने भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x