१४ मंसिर २०८३, आईतवार

चिनको बिदेश मन्त्रीको नेपाल भ्रमण पहल स्वार्थ र बिचार लिने योजना ?

एसीपी संवाददाता

११ चैत्र २०७८, शुक्रबार १३:०१ मा प्रकाशित

काठमाण्डौ । चीनका विदेशमन्त्री वाङ यी तीनदिने औपचारिक भ्रमणका क्रममा शुक्रबार नेपाल आएका छन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काको निम्तोमा विदेशमन्त्री वाङको भ्रमणका लागि उच्चस्तरीय सुरक्षा व्यवस्था गरिएको हो  । चीनको नयाँ नीति नेपाल सहित छिमेकी सङ सिमानाका बन्द देखि मिचेको नाकामै सैन्य अभ्यास गर्ने

नेपाल भ्रमणका क्रममा आवश्यक सुरक्षा व्यवस्थापनका विषयमा गृह मन्त्रालयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणीन्द्रमणि पोखरेलले बताए । विदेशमन्त्री वाङको बासस्थानदेखि उनी सवार सडक, चोक तथा औपचारिक र अनौपचारिक कार्यक्रम स्थलहरूमा विशेष निगरानीसहितको सुरक्षा सतर्कता बढाईको छ । तर चिनियाँ बिदेश मन्त्रीको नेपाल भनेको औपचारिकता भन्दा पनि नेपालमा गतिविधि आएको अवरोधका बारेमा समेत छलफल हुने संकेत रहेको छ । नेपालमा एमसीसी अनुमोदनले गर्दा चीनको बिआरआई प्रोजेक्ट अन्योल बन्ने भएको छ । अहिले राजधानी बौद्ध, स्वयम्भू र हात्तीसारलगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यहाँ खासमा तिब्बतीहरु बाक्लो उपस्थिति रहेको छ । विमानस्थलमा विदेशमन्त्री वाङलाई परराष्ट्रसचिव भरतराज पौड्यालसहितको टोलीले स्वागत गरेको हो । नेपाल भ्रमणमा चीनका विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गर्नेछन् ।चिनको नाका रसुवागढी,तातोपानी प्रतिदिन असहज बन्दै,ब्यापारी मर्कामा

त्यस्तै चैत १२ गते परराष्ट्रमन्त्री डा. खड्कासँग उनले द्विपक्षीय भेट गर्नेछन् । नेपाली प्रतिनिधिमण्डल र चीनका विदेशमन्त्री वाङसहितको प्रतिनिधिमण्डलबीच द्विदेशीय सहकार्य र विगतका साझेदारीका सवालमा थप छलफल र कार्यान्वयन प्रगतिका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयमा चीन मामिला हेर्ने बिज्ञको सहभागिता रहने छ ।
केही नयाँ सम्झौता र सहमतिको तयारी पनि छ, ती विषयका प्राथमिकताका आधारमा दुई देशको प्रतिनिधिमण्डलबीच हुने वार्ताले सम्झौताको आधार तय गर्नेछ । तथापि जलविद्युत् परियोजना, ट्रान्स हिमालयन सम्पर्क सञ्जाल, बीआरआई परियोजनासँग सम्बन्धित विषयलाई नयाँ पहलसाथ अघि बढाउने विषयमा छलफल र सहमतिको आधार बनाइने मन्त्रालयले जनाएको छ । अहिले नेपालमा अमेरिकन मिलेनियम कर्पोरेसन ( एमसीसी ) पास भए पछिको नेपालमा प्रहिलो भ्रमण हो । नेपालले के हुम्ला चीनले मिचेको भुमि बारेमा कुरा उठाउने हिम्मत गर्छ कि गर्दैन हेर्न बाकी नै छ । चीन सरकारले एमसीसीलाई मुद्दा बनाएर तातोपानी सिमानाकाहरुमा कडा नियम लागू गरेको हो । नेपाली ब्यापारीहरु थुप्रै मालसामान बोकेको ट्रक अलपत्र पर्दै आएका हुन । हुन बिदेश मन्त्रीको भ्रमण देखाउने हिसाबले मल आएको तर अहिले सम्म किन रोकियो भन्ने प्रश्न पनि हो ?    चिनियाँ नाकावन्दी एक गम्भीर समस्या, सरकारले समाधानका लागि पहल जारी राखेको परराष्ट्रमंत्रीको भनाई !

यीबाहेक कोभिड–१९ महामारीपछिको आर्थिक पुनस्र्थापनाका साथै भविष्यमा आइपर्ने महामारीजन्य सङ्कटका लागि चीनले गर्नसक्ने थप सहयोगका विषयमा पनि एक खालको खाका मन्त्रालयले बनाएको हो । त्यसमा नेपालमा थप लगानीको अवसरका विविध क्षेत्रलाई खुट्याएर सरकारका तर्फबाट द्विपक्षीय वार्तामा अघि सारिने भएको छ ।

नेपालसँग रेल्वे परियोजनालगायतका १४ वटा विषयमा आपसी सहकार्य गर्ने सम्झौता यसअघि नै भएको थियो । नौवटा सम्झौता भने नेपालको निजी तथा सार्वजनिक संस्था र कम्पनीसँग चिनियाँ संस्था र कम्पनीको सम्झौता रहेको मन्त्रालयले जनाएको छ । नेपालमा चिनियाँ रेल निर्माणको सम्बन्धमा थप छलफल हुने जनाइएको छ ।

चिनियाँ विदेशमन्त्री वाङले पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्ता गर्ने श्रोतको दावी छ ।अहिले चीनले नेपालमा कम्युनिस्ट एकताका लागि विभिन्न प्रयास जारी राखेको छ । बिदेश मन्त्री समेत एक्लोमा यो प्रयोस पनि गर्नेछ्न भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x