१ कार्तिक २०८३, शनिबार

चीनको नयाँ नीति नेपाल सहित छिमेकी सङ सिमानाका बन्द देखि मिचेको नाकामै सैन्य अभ्यास गर्ने

एसीपी संवाददाता

२३ कार्तिक २०७८, मंगलवार १६:३९ मा प्रकाशित

२३ गते कात्तिक २०७८ । उत्तरी छिमेकी चीनले नयाँ सीमा कानुन ल्याएको छ । चीनको संसद राष्ट्रिय जनकंग्रेसको १३औं बैठकले सन् २०२२ बाट लागु हुनेगरी सीमा कानुन पारित गरेको हो ।

संसदबाट जारी भएको कानुनमा सीमामा चिनियाँ उपस्थिति अझै बढ्ने र सुरक्षाकर्मीलाई थप अधिकारहरु दिइएको छ । चीनको नेपालसहित विभिन्न १४ देशसँग २२ हजार किलोमिटर अन्तर्राष्ट्रिय सीमा जोडिएको छ ।

विभिन्न देशहरुसँग सीमा विवाद रहेको अवस्थामा सीमा सुरक्षालाई थप मजबुद र व्यवस्थित बनाउदै सीमामा तैनाथ चिनियाँ जनमुक्ति सेनालाई थप अधिकार प्रत्यायोजन गर्न संसदले सीमा सुरक्षा सम्बन्धी कानून पारित गरेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

सीमा सुरक्षामा तैनाथ फौजलाई अधिकार प्रत्यायोजन गर्ने सम्बन्धमा उक्त कानुनमा बोर्डरमा अर्को देशलाई चुनौती दिनेगरी सैन्य अभ्यास, सैनिक कारवाही र एकलौटी बोर्डर बन्दसम्मका कुरा छन् । साथै सीमा सुरक्षाको लागि समानता, आपसी विधास तथा मैत्रीपूर्ण सम्वादमार्फत समस्या समाधान गर्न सक्ने अधिकार पनि प्रत्योजन गरिएको छ ।

त्यसैगरी आफ्नो देशविरुद्ध कुनै राष्ट्रले सीमा अतिक्रमण, घुसपैठ बा सीमा कब्जा गरेको अवस्थामा तत्काल सैनिक कारबाही गर्न सक्ने अधिकार उक्त कानुनले प्रदान गरेको छ । सीमा क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरुको आर्थिक र सामाजिक विकास, भौतिक पूर्वाधार निर्माण तथा सीमा ईलाकामा गाउँ बस्तिहरु विकास गरी सीमा सुरक्षाको लागि फर्स्ट लाइनस् अफ डिफेन्सको रुपमा विकास गर्न सक्ने अधिकार पनि नयाँ कानुनमा छ ।

त्यसैगरी सीमा सुरक्षाको लागि मिलिसिया, स्थानीय सरकार तथा स्थानीय व्यक्तिहरुसँग समन्वय गरी सीमा सुरक्षालाई थप मजबुत बनाउन सक्ने उल्लेख छ । सीमा ईलाकामा सैनिक अभ्यास एवं सैनिक कारबाही गर्न सक्ने र कुनै पनि समयमा सीमा बन्द गर्न सक्ने उल्लेख छ । यतिमात्रै होइन सीमा भएर बग्ने नदीहरुको एकलौटी व्यवस्थापन गर्न सक्ने अधिकार दिइएको छ ।

हालै हुम्लामा चीनले नहरै नेपालतिर फर्काएर भूमि मिचेको तथ्य बाहिर आएको थियो । अब चीनले कानुनै बनाएर अधिकार दिएपछि साना नदीहरुको प्राकृतिक वहाव परिवर्तन हुने र उक्त भूमि कब्जा हुने खतरा बढेको छ ।

साथै चिनियाँ कानुनमा सीमामा रहेको प्रयोग गर्न नमिल्ने जमिनमा हर्कत गर्न बन्देज लगाउन सक्ने उल्लेख छ । त्यसैगरी सीमा अतिकमण हुन नदिन सीमा ईलाकाको जमिन सर्वेक्षण गर्ने तथा अत्याधुनिक प्रविधिसहित लगातार निगरानी गर्ने उल्लेख छ ।

 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x