२० कार्तिक २०८३, बिहीबार

चिनियाँ ह्याकरको आतंक , पटक पटक भारतिय पवार प्लान्टमा हमला

एसीपी संवाददाता

२६ चैत्र २०७८, शनिबार ०४:३१ मा प्रकाशित

नयाँ दिल्ली : उर्जा मन्त्री आरके सिंहले चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको भारतको पावर प्लान्टमा दुई पटक आक्रमण गर्ने प्रयास गरेको जानकारी दिएका छन् । तर, ह्याकरहरू यसमा सफल हुन नसकेको समाचार बीबीसीमा छ।  यो समाचार पनि पढ्नुहोला   बिश्वमा चिनियाँ ह्याकरको आतंक , भारतमा साईबर हमला रोक्न सतर्क

अमेरिकास्थित साइबर सेक्युरिटी फर्म रेकर्डेड फ्युचरले यस्तो दाबी गरेको हो ।  अप्रिल ६ मा जारी गरिएको प्रतिवेदनमा चिनियाँ ह्याकरहरूले सेप्टेम्बर २०२१ देखि ७ राज्य लोड डिस्प्याच सेन्टरहरू (एसएलडीसीएस) मा आक्रमण गरेका छन्।  बिश्वमा अहिले चिनियाँ ह्याकर्सको बिश्वमै आतंक , नर्वेका ईमेलखाता ह्याक  गरेको समेत खुलासा भएको थियो ।

यी केन्द्रहरू लद्दाखमा भारत-चीनको विवादित सीमा नजिकै छन्। यी केन्द्रहरूमा ग्रिड नियन्त्रण र विद्युत वितरण कार्य गरिन्छ। अङ्ग्रेजी पत्रिका द हिन्दूमा यो समाचार छापिएको छ । यो समाचार पनि पढ्नुहोला   चीनको ईसारामा हुन्छ साईबर ह्याकिङ 

चिनियाँ ह्याकरहरूले लगातार भारतीय पावर प्लान्टलाई निशाना बनाएको प्रतिवेदनलाई केन्द्र सरकारले पुष्टि गरेको छ।

मन्त्री आरके सिंहले बिहीबार पत्रकारहरूलाई चिनियाँ ह्याकरहरूले लद्दाख नजिकैको विद्युत वितरण केन्द्रहरूमा कम्तिमा दुई पटक आक्रमण गर्ने प्रयास गरेका बताएका हुन्। बीबीसी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x