४ बैशाख २०८१, मंगलवार

चीनमा फैलिएको कोरोना भाइरसका कारण संकट,बिश्व स्वास्थ्य संगठन द्वारा आपातकालको घोषणा

एसीपी संवाददाता

१८ माघ २०७६, शनिबार ०३:१४ मा प्रकाशित

माघ १८ गते एजेन्सी ।
चीनमा कोरोनोभाइरस संक्रमणका कारण मर्नेहरुको संख्याका २१३ पुगेको छ भने संक्रमितहरुको संख्या ९,८०९ जना पुगेको छ । यतिखेर १०२,००० जना मानिसहरुलाई सम्भावित संक्रमणको आशंकामा चिकित्सीय निगरानीमा राखिएका छन् ।
चीनको हुवेइ प्रान्तका राजधानी वुहानबाट उत्पत्ति भएको मानिएको नोबेल कोरोनाभाइरसको संक्रमणले यतिखेर करिब करिब चीनको ३१ वटै प्रान्तहरुलाई चपेटमा लिएको छ । यो महामारी विश्वभरिनै फैलिँदै जाँदा विश्व स्वास्थ्य संगठनले यसलाई अन्तर्राष्ट्रिय चासोको जनस्वास्थ्य आपतकाल घोषणा गरिसकेको छ ।
चीनको मुख्यभूमिभन्दा बाहिर अन्य देशहरुमा यो नयाँ प्रजातिको कोरोनाभाइरसको संक्रमितको संख्या १४० पुगेको छ । तीमध्ये ६ वटा अमेरिकामा, दुई वटा बेलायतमा छन् । त्यसैगरी, रुसमा पनि कोरोनाभाइरसका संक्रमित फेला परेका छन् ।
कोरोनाभाइरसको संक्रमणलाई नियन्त्रण गर्ने वा कम गर्ने प्रयासको सिलसिलामा अहिले चीनका विभिन्न शहरहरुमा विगत एक हप्तादेखि ६ करोड जति मानिसहरु आंशिक या पूर्णतः आवातजावातमाथिको प्रतिबन्ध खेपिरहेका छन् । कोरोनाको संक्रमणका डरले वुहान लगायत चीनका कतिपय शहरहरु सुनसान बनेका छन्, मानिसहरु घरभित्रै आफूलाई ‘कैद’ गरेर बसेका छन् ।
नयाँ कोरोनोभाइरसको उत्पत्ति थलो भनिएको वुहान शहरमा फसेका विदेशी नागरिकहरुलाई उद्दार गर्ने क्रम जारी छ र विभिन्न देशहरुले आफ्ना नागरिकहरुलाई विशेष विमान पठाएर उद्दार गरिरहेका छन् ।
टर्कीबाट २० करोड मास्क मगाइयो
संसारभरि नै सबैभन्दा बढी मास्क उत्पादन गर्ने देशमा चीन अग्रपंक्तिमा आउँछ । तर मास्क उत्पादनमा अग्रणी मुलुक चीनले नै टर्कीबाट २० करोड मास्क मगाएको छ ।
वुहान भाइरसको संक्रमणलाई रोक्नका चीनले विगत १० दिनमा त्यति ठूलो संख्यामा मास्क मागाएको हो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x