चीनले चाहेको खण्डमा कोरोना महामारी हुनबाट रोक्न सक्थ्यो तर किन रोकेन ?
कोरोनाभाइरसका कारण विश्वभर भयाभहको अवस्था सिर्जित छ। गत वर्ष चीनको वुहान शहरबाट फैलिन सुरु भएको कोरोनाभाइरसले अहिलेसम्म संसारभर २० लाखभन्दा बढी मानिसले ज्यान लिइसकेको छ ।
खोपको विकास भएपनि विश्वका धेरै देशहरुले भ्याक्सिन भित्र्याउन सकेका छैनन् भने कतिपय मुलुकसँग खोपलाई भण्डारण गर्ने क्षमता नै छैन।
यसैबीच, विश्व स्वास्थ्य संघठन र चीनबारे आश्चर्यजन खबर बाहिरिएको छ। जसमा चीन र डब्लुएचकोकै लापरबाहीका कारण विश्वमा लाखौँ मानिसले ज्यान गुमाएको र गुमाउने अवस्थामा पुगेको उल्लेख गरिएको छ।
एक स्वतन्त्र प्यानल (इण्डिपेनडेन्ट प्यानल फर प्याण्डेमिक प्रिपेयर्डनेस एण्ड रेस्पोन्सेस )ले आफ्नो प्रतिवेदनमा ‘चीनले चाहेको खण्डमा कोरोना भाइरस महामारी हुनबाट रोक्न सक्थ्यो, तर उसले समयमै यसको नियन्त्रण गरेन’ भनेर उल्लेख गरेको छ। त्यसैगरी, उक्त प्रतिवेदनमा विश्व स्वास्थ्य संगठन पनि यसको लागि जिम्मेवार रहेको ठह¥याएको छ।
विश्वव्यापी महामारीको बारेमा अनुसन्धान गर्ने यस स्वतन्त्र प्यानल समूहले चीनमा कोरोनाको पहिलो संक्रमण फेला पर्न साथ बेइजिङ र डब्लुएचओले तत्काल यसको अनुसन्धान र नियन्त्रण गर्न काम गर्न सक्थे। तर, यी दुवैका लापरबाहीका कारण कोरोनाभाइरसले महामारीको रुप लिएको र लाखौँ मानिसले आफ्नो ज्यान गुमाउनु परेको निष्कर्ष निकालेको छ।
स्वतन्त्र प्यानल समूहको महामारी सम्बन्धी तयारी र प्रतिक्रियाको सम्बन्धमा दोश्रो प्रतिवेदनकाअनुसार महामारी प्रकोपको प्रारम्भिक चरणको क्रोनोलोजीको मुल्यांकनले सुरुवातमा भएको संक्रमण र संकेतपछि यसमा तिब्ररुपमा काम गर्ने आवश्यकता रहेको उल्लेख गरेको छ।
त्यसैगरी, चीनले खतरनाक भाइरसलाई आफ्नो सिमानामा सिमित राख्न सक्थ्यो तर त्यस्तो भएन र यो महामारीको रूपमा परिणत भयो। जसले, विश्वव्यापी २० लाख भन्दा बढीको ज्यान लियो र वैश्विक अर्थव्यवस्थालाई क्षति पु¥याएको प्रतिवेदनमा उल्लेख गरिएको छ।
उक्त प्यानलले गत वर्षको जनवरी महिनामै चीनले सार्वजनिक स्वास्थ्य उपायहरूलाई स्थानीय र राष्ट्रिय स्वास्थ्य अधिकारीहरूले बलपूर्वक लागू गर्न सक्ने भन्ने कुरालाई स्पष्ट परेको छ।
प्यानलले विश्व स्वास्थ्य संगठनको आलोचना पनि गरेको छ। उसले संयुक्त राष्ट्रको स्वास्थ्य एजेन्सीले सन् २०२० जनवरी २२ सम्म आफ्नो आपातकालीन समितिले यस महामारीको संकटबारे सुचना नदिएको र न कुनै बैठक नै डाकेको आरोप लागएको छ। त्यसैगरी, समितिले कोरोना भाइरसलाई सार्वजनिक स्वास्थ्य आपतकालिनको रुपमा समय अघि घोषणा गर्न असफल भएको पनि बताएको छ ।
समितिले जनवरीको तेस्रो हप्तासम्म किन बैठक गरेन, किन राष्ट्रिय आपतकालको घोषणामा सहमत हुन सकेन भन्ने कुरामा अझै स्पष्ट नभएको प्रतिवेदनमा उल्लेख छ। जबदेखि विश्वभर कोरोना भाइरसको संकट गम्भीर हुँदै गयो, विश्व स्वास्थ्य संगठनले यसको प्रतिक्रिया कम गर्न ढिलाइ गरेको आरोप लागेको छ।
विश्व स्वास्थ्य संगठनले महामारीको रुपमा घोषणा गर्न ढिलाई तथा फेस मास्कलाई अनिवार्यता गर्न ढिलाई गरेकोमा आजसम्म आलोचना खेपिरहेको छ। अमेरिकाले सुरुवातका दिनदेखि नै विश्व स्वास्थ्य संघठनको आलोचना बारेमा सबैलाई सर्वज्ञात नै छ। क्यानाडानेपाल बाट




[…] […]