१० कार्तिक २०८१, शनिबार

चीनले पनि दियो भारतका प्रधानमन्त्री मोदी लाई बधाई

एसीपी संवाददाता

२६ जेष्ठ २०८१, शनिबार १२:१० मा प्रकाशित

चिन ले भारतमा १६ औं प्रधानमन्त्री बन्ने पक्का भए पछि नरेन्द्र मोदीलाई बधाई दिएको छ। चीनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपा नेतृत्वको एनडीए गठबन्धनलाई लोकसभा चुनावमा बहुमत प्राप्त गरेर सरकार गठन लागेको भन्दै बधाई दिएको हो ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले बधाई सन्देशमा भनेकी छन्, ‘निर्वाचनमा विजयी भएकोमा प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा र नेशनल डेमोक्रेटिक एलाइन्स (एनडीए) शुभकामना एवं बधाई छ ।  ‘हामी चीन र भारतबीच स्वस्थ र स्थिर सम्बन्धको अपेक्षा गर्दछौं।’ सहयोग गरेर सङै काम गर्ने वातावरण बनाउने छौ।

मंगलबार सम्पन्न मतगणनामा २४० सिट जितेको भाजपाले एक्लै बहुमत ल्याउन सकेन । यद्यपि भाजपा नेतृत्वको एनडीए गठबन्धनले बहुमत ल्याएको छ । उक्त बहुमतका आधारमा नरेन्द्र मोदी प्रधानमन्त्री बन्न लागेका छ्न । आइतबार सपथ ग्रहण हुने बताईएको छ। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x