२९ माघ २०८२, बुधबार

जसपा नेपाल सिरहा क्षेत्र नं. १ बाट सत्य नारायण यादवको एकल नाम सिफारिस

एसीपी संवाददाता

१ पुष २०८२, मंगलवार २०:३८ मा प्रकाशित

लहान पुस ०१ । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिरहा जिल्ला निर्वाचन क्षेत्र नं. १ का क्षेत्रीय कार्यकर्ताहरूको भेला सम्पन्न भएको छ। भेलाले आगामी निर्वाचनका लागि जसपा नेपालतर्फबाट प्रतिनिधिसभा सदस्य पदमा सत्य नारायण यादव लाई प्रत्यक्ष उम्मेदवारका रूपमा एकल नाम सिफारिस गरेको छ।

 

भेला क्षेत्रीय तहका अगुवा, कार्यकर्ता तथा नेताहरूको सक्रिय सहभागितामा सम्पन्न भएको थियो। भेलामा सहभागी वक्ताहरूले क्षेत्र नं. १ मा संगठन सुदृढीकरण, जनसमस्याको समाधान र संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार अधिकार सुनिश्चित गर्न सत्य नारायण यादव उपयुक्त र अनुभवी नेतृत्व भएको धारणा व्यक्त गरे।

कार्यकर्ताहरूले सत्य नारायण यादवले विगतदेखि नै सामाजिक न्याय, समावेशी राजनीति, किसान, मजदुर, युवा तथा पिछडिएका वर्गको हकहितका लागि निरन्तर संघर्ष गर्दै आएको उल्लेख गरे। उहाँको राजनीतिक अनुभव, जनसम्पर्क र स्पष्ट विचारधाराका कारण क्षेत्र नं. १ मा जसपा नेपालको जित सुनिश्चित हुने विश्वास समेत व्यक्त गरिएको छ।

भेलामा पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई घरघरमा पुर्‍याउँदै संगठन विस्तार गर्ने निर्णय पनि गरिएको छ। साथै, आगामी निर्वाचनलाई लक्षित गर्दै कार्यकर्ताहरूलाई एकताबद्ध भई पार्टीका उम्मेदवारलाई विजयी गराउन सक्रिय रूपमा लाग्न आह्वान गरिएको छ।

भेलाको अन्त्यमा सहभागी सम्पूर्ण कार्यकर्ताहरूले जसपा नेपालले अघि सारेको सामाजिक न्याय, पहिचान र सुशासनको एजेन्डालाई मजबुत बनाउँदै क्षेत्र नं. १ मा पार्टीलाई पहिलो शक्ति बनाउने प्रतिबद्धता जनाएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x