३० श्रावण २०८३, शनिबार
नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशन आगामी भदौ ६ गते हुने
नेपालगन्ज, साउन ३० — नेपाल प्रेस युनियन बाँके शाखाको १३औँ जिल्ला अधिवेशन तथा साधारणसभा आगामी भदौ ६ गते शनिबार हुने भएको छ। साउन ३० गते शनिबार बसेको शाखाको कार्यसमितिको बैठकले उक्त निर्णय गरेको हो।
शाखा अध्यक्ष प्रियास्मृति ढकालको अध्यक्षतामा सम्पन्न भएको कार्यसमितिको बैठकले युनियनको आगामी नेतृत्व चयनका लागि प्रक्रिया अगाडि बढाएको छ। बैठकका निर्णयअनुसार नेपाल प्रेस युनियन बाँकेको १३औँ जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि अधिवक्ता केशव कोइरालाको संयोजकत्वमा निर्वाचन समिति गठन गर्ने निर्णय गरिएको छ।
बैठकले तोकिएको मितिभित्रै अधिवेशन र साधारणसभा भव्य रूपमा सम्पन्न गर्नका लागि आवश्यक तयारीहरू तीव्र पार्ने बताएको छ। संस्थाका सचिव भीष्म प्रसाद लोधद्वारा जारी गरिएको प्रेस विज्ञप्ति मार्फत यससम्बन्धी औपचारिक जानकारी गराइएको हो। 
Subscribe
Login
0 Comments


