३२ असार २०८३, बिहीबार

जिभीएन स्कुल नेपालगन्ज बेस्ट सेकेंडरी स्कूल अवार्डले सम्मानित

एसीपी संवाददाता

१० असार २०८२, मंगलवार १२:५४ मा प्रकाशित

रिसभ सिंह वाडिया नेपालगन्ज  –  शिक्षा छेत्रमा उल्लेखनीय योगदान दिदै आएको  नेपालगन्जको  जिभिएन स्कुल सम्मानित भएको छ । जिभिएन स्कुललाई राष्ट्रिय शिक्षाको उत्कृष्ट पुरस्कार-२०२५ बाट सम्मानित गरिएको हो  ।काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रममा स्कुल सम्मानित गरिएको हो ।

 

काठमाडौंमा फोकस नेपाल नामक संस्थाले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान उत्कृष्ट स्कुललाई सम्मानित गर्ने गर्छ । उक्त सम्मान कलेजका प्रमुख कार्यकारी निर्देशक ईश्वर पौडेल सहित गणेश भण्डारी र संयोजक खुमलाल शर्माले संयुक्त रुपमा सम्मान ग्रहण गरेका  हुन । 

 

बाँकेको सदरमुकामको मुटु  नेपालगन्ज बजारमा जिभिएन स्कुल र कलेज संचालनमा रहेको छ । मध्य तथा सुदुरपश्चिम्को  मुख्य केन्द्र नेपालगन्ज बजारमा रहेर शिक्षा छेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएको जिभिएन स्कुल र कलेजले जनता माझमा आफ्नो बिशवासनियता कायाम गर्दै सेवा प्रदान गरि रहेको छ ।

स्कूल र कलेज +2 सम्माको शैक्षिक क्षेत्रमा आफ्नो उल्लेखनीय योगदान दिंदै  बाँके जिल्लाको नाम देशभर पुर्‍याउन सफल भएको छ । जिभिएन कलेज र स्कुलले गरिब जेहेन्दारहरुको लागि थप सेवा सुविधा दिदै आएको हो ।

 

जिभिएन समुहले का प्रमुखले पौडेलले यो सम्पूर्ण सफलता हाम्रो टिमको योगदान हो भन्नू भयो  । यस सफलतामा  विद्यालयको ब्यवस्थापन टिम ,  अभिभावक, शिक्षक शिक्षिका तथा सम्पूर्ण कर्मचारीहरुको योगदान रहेको छ । हामी हाम्रो कडा मिहिनेतका कारण बेस्ट सेकेंडरी स्कूल अवार्ड ले सम्मानित हुँदा जिभिएन परिवार खुशी भएको छ । आउने दिनहरूमा हाम्रो पाईला थप कडा मिहिनेत तर्फ अग्रसर रहने छ अभिभावकलाई स्पष्ट पार्न चाहन्छु ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x