सहकारी संघ बाँकेको २८ औं वार्षिक साधारण सभा
बाँके,पुष १८ गते । जिल्ला सहकारी संघ बाँकेले २८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । बाँकेको नेपालगञ्जमा शुक्रबार सम्पन्न जिल्ला सहकारी संघको २८ औं वार्षिक साधारण सभाको उद्घाटन बाँके क्षेत्र नं. ३ क’ प्रदेश सभा सदस्य इन्द्र प्रसाद(आईपि) खरेलले गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य खरेलले राजनीतिक परिवर्तन भएसँगै जनताको आर्थिक स्तरमा परिवर्तन ल्याउनका लागि सहकारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताएका छन् । साथै उनले नेपाल सरकारले लिएको ‘समृद्व नेपाल, खुशी नेपाली’ को नारालाई पुरा गर्नका लागि सहकारीहरु नै प्रमुख क्षेत्र भएको बताउँदै जनताको जीवनलाई आर्थिक रुपमा सहज बनाउन सहकारीहरु लागि पर्नुपर्ने बताएका छन् ।
सहकारीको अवधारण कम्युनिष्टसँग मिल्दोजुल्दो भएकाले वर्तमान सरकारले सहकारी अभियानलाई प्रभावकारी बनाउनका लागि विशेष नीति लिनुपर्नेमा उनले जोड दिएका छन् । कार्यक्रममा जिल्ला सहकारी संघ बाँकेका अध्यक्ष प्रेम प्रसाद सुवेदीले जिल्ला सहकारी संघको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷०७६ मा संघको शेयर पूँजी २१ लाख ४९ हजार, निक्षेप संकलन २ करोड ७९ लाख, ऋण लगानी २ करोड ९ लाख, कुल मुनाफा १ लाख २० हजार रहेको जानकारी दिएका छन् ।
साथै उनले जिल्ला सहकारी संघले बाँके जिल्ला भित्रका सहकारी संघ÷संस्थाहरुको विकास तथा प्रवद्र्वन गर्ने, आफ्ना सदस्य÷संस्थाहरुको व्यवसायिक तथा आर्थिक विकासका लागि सहयोग गर्ने, सदस्य संघ÷संस्थाहरु बीच समन्वयन कायम गर्ने उद्देश्य लिएको जानकारी दिएका छन् ।
कार्यक्रममा बोल्दै नेफस्कुनका महासचिव दामोदर अधिकारीले जिल्ला सहकारी संघ बाँकेले सहकारीको सिद्वान्त र मूल्य मान्यता बमोजिम अगाडी बढेर विविध कार्य गर्दै देशकै उत्कृष्ट सहकारी संघ बन्दै गएको महसुस आफुले गरेको बताएका छन् । सभार अर्त्थ पेज बाट

