जी २० सम्मेलनमा भारत महत्त्वपूर्ण भुमिका
एजेन्सी – अमेरिकी राष्ट्रपति , रुसी राष्ट्रपति पुतिन यो शिखर सम्मेलनमा उपस्थित नहुने । युक्रेन युद्धलाई लिएर अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले उनको विरुद्ध पक्राउ वारेन्ट जारी गरेको छ। फलस्वरूप, उनको गिरफ्तारी हुने डर रहेको छ ।
उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि शिखर सम्मेलनमा उपस्थित हुने छैनन्। मिडिया रिपोर्टका अनुसार, उनको स्वास्थ्य राम्रो छैन। तीन प्रमुख नेताहरूको अनुपस्थितिले शिखर सम्मेलनमा भारतको भूमिका र जिम्मेवारी थपिएको छ ।
भारतिय प्रधानमन्त्री मोदीले शिखर सम्मेलनका तीनै सत्रहरूलाई सम्बोधन गर्नेछन्। उनले समावेशी विकास, जलवायु संकट र कृत्रिम बुद्धिमत्तामा आफ्ना विचारहरू साझा गर्नेछन्।
भ्रमण अघि, प्रधानमन्त्री मोदीले यो शिखर सम्मेलन विशेष भएको बताए। अफ्रिकामा G20 आयोजना भएको यो पहिलो पटक हो। उनले भारतको प्रयासका कारण २०२३ मा अफ्रिकी संघ G20 मा समावेश भएको स्मरण गराउदै यसका भारत सधै साथ दिने प्रतिबद्धता ब्यक्त गरे ।


