२२ फाल्गुन २०८२, शुक्रबार
डुडुवा गा.पा.मा नेकपाले २९ जना सदस्यको कमिटी गठन
नेपालगन्ज बाँके, पुष ५
शनिबार कम्युनिष्ट पार्टी नेकपाद्वारा आयोजना गरिएको डुडुवा गा.पा. वडा नं ६ को भेला सम्पन्न भएको छ ।

कार्यक्रमको अध्यक्ष शकिल खानको अध्यक्षता रहि सभामा सहयोगीहरुको भेला पश्चात कमिटीको छलफल गरि सर्वसम्मत रुपमा क. ओरीलाल मौर्य अध्यक्ष र क. बिरौन शेष सहित २९ सदस्य लाई चयन गरि वडा कमिटी गठन गरिएको हो ।
कार्यक्रमको प्रमुख अतिथी नेकपा बाँकेका सचिव अशोक कोइराला, अतिथीमा डुडुवा गा पा – ६ का वडा अध्यक्ष मोहन राम मिश्रा, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दीपक वर्मा लगायतका उपस्थिति रहि कमिटी गठन गरिएको थियो । २९ जना सदस्यहरुको गठन गरिएको कुरा कार्यक्रमका अध्यक्ष शकिल खानले जानकारि दिएका हुन ।
Subscribe
Login
0 Comments



