९ भाद्र २०८३, मंगलवार

तङ्गा स्टेसनस्थित आफ्नै भवनबाट सेवा प्रवाह गर्दै नेपालगञ्ज–८ का वडा अध्यक्ष रजनीश वाजपेयी: सरल कार्यशैलीले जिते वडावासीको मन

एसीपी संवाददाता

९ भाद्र २०८३, मंगलवार २३:५५ मा प्रकाशित

नेपालगञ्ज, बाँके — स्थानीय तहको सरकार जनताको सबैभन्दा नजिकको साथी हो भन्ने मान्यतालाई नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रजनीश वाजपेयी (विवेक) ले आफ्ना कार्यमार्फत स्पष्ट रूपमा साबित गर्दै आएका छन्।

तङ्गा स्टेसनस्थित वडा कार्यालयको आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु भएपछि अहिले वडावासीहरूलाई प्रशासनिक सेवा लिन थप सहज र सुविधाजनक बनेको छ, जसले वडामा अभूतपूर्व खुसीयाली छाएको छ।

विगतमा कार्यालय व्यवस्थापन तथा भाडाको भवन लगायतका विभिन्न समस्याका कारण सेवाग्राहीहरूले सास्ती व्यहोर्नुपर्ने बाध्यता रहे पनि, वडा अध्यक्ष वाजपेयीको पहलमा आफ्नै भवनबाट चुस्तदुरुस्त सेवा दिन थालिएपछि सेवाप्रवाह अत्यन्तै छरितो भएको छ।

वडा कार्यालयबाट हुने सिफारिसहरू, व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ) तथा सामाजिक सुरक्षा भत्तालगायतका अत्यावश्यक सेवाहरू आफ्नै सुविधासम्पन्न भवनबाट पारदर्शी र व्यवस्थित रूपमा सम्पादन हुँदै आएका छन्।

उत्तरदायी र जनमुखी नेतृत्व
वडा अध्यक्ष वाजपेयी आफ्नो सरल स्वभाव, सेवाग्राहीप्रतिको आदरभाव र वडाको विकास निर्माणमा सधैँ अग्रसर रहने प्रकृतिका कारण लोकप्रिय बन्दै गएका छन्। जनताका सानातिना गुनासो तथा समस्याहरूलाई समेत आफ्नै नयाँ कार्यालय कक्षमा बसेर गम्भीरतापूर्वक लिई तत्कालै समाधान गर्ने उनको कार्यशैलीले जनप्रतिनिधिप्रतिको जनविश्वासलाई अझ प्रगाढ बनाएको छ।

“वडावासीलाई आफ्नै भवनबाट सेवा दिन पाउँदा खुसी लागेको छ, सेवा लिन आउँदा कुनै पनि प्रकारको झन्झट हुनु हुँदैन,” भन्ने दृढ सोचका साथ अगाडि बढेका अध्यक्ष वाजपेयीको सक्रियताले नेपालगञ्ज–८ लाई एक नमुना र प्रगतिशील वडाको रूपमा स्थापित गर्दै लगिरहेको छ। स्थानीय युवा, बुद्धिजीवी तथा ज्येष्ठ नागरिकहरूले समेत उनको यसप्रकारको प्रशंसायोग्य कदम र पारदर्शी कार्यशैलीको खुलाकण्ठले तारिफ गरेका छन्।

जनताको कामलाई आफ्नो सर्वोपरी कर्तव्य ठानेर आफ्नै कार्यालय भवनबाट इमानदारिताका साथ निरन्तर सेवामा खटिने वडा अध्यक्ष रजनीश वाजपेयीको यो जनपक्षीय अभियान अन्य वडाका लागि पनि अनुकरणीय बनेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x