कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै देउवा र पूर्णबहादुरले दिए सर्वोच्चमा छुट्टाछुट्टै रिट
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूह सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ। १५औँ महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै देउवाले सर्वोच्चमा रिट पुर्याएका हुन्।
यसअघि शुक्रवार सर्वोच्च अदालतमा पेस गरेको रिट निवेदनलाई सच्याउने भन्दै फिर्ता लगिएको थियो। आज देउवा र तत्कालीन कार्यवाहक सभापति पुर्णबहादुर खड्काको तर्फबाट कानून व्यवसायीले छुट्टाछुट्टै रिट गर्दा गरेको नेता मीनबहादुर विश्वकर्माले बताए।
उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढाएको कार्यतालिका रोक्न माग गरेका छन्। आधिकारिता विवादमा पुनः सुनुवाइ गर्न सर्वोच्चले निस्सासमेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशनसम्बन्धी काम अघि नबढाउन नमिल्ने देउवा पक्षको तर्क छ।
असोज १६–१९ मा महाधिवेशन गर्ने गरी कांग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ। इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो। नेपालप्रेस


