७ भाद्र २०८३, आईतवार

लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको जनसम्पर्क सल्लाहकारमा धर्मराज बर्मा नियुक्त

एसीपी संवाददाता

७ भाद्र २०८३, आईतवार २०:१६ मा प्रकाशित

दिनेश ठाकुर

नेपालगन्ज,भदौ ७ गते — लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले जनसम्पर्क सल्लाहकार नियुक्त गरेको छ। मन्त्री भण्डारी लाल अहिरले बाँके जिल्ला जानकी गाउँपालिका वडा नं. ३ निवासी श्री धर्मराज बर्मालाई आफ्नो जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्नुभएको हो।

मन्त्रालयद्वारा जारी पत्र अनुसार बर्मालाई वि.सं. २०८३ साल भदौ ३ गतेदेखि लागू हुने गरी अवैतनिक (पारिश्रमिक नलिने) रूपमा काम गर्ने गरी यो जिम्मेवारी सुम्पिएको हो। मन्त्री अहिरले आफू मन्त्री पदमा बहाल रहँदासम्म बर्माले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गर्दै उक्त नियुक्ति पत्र प्रदान गर्नुभएको छ।

चलानी नम्बर ३७ रहेको उक्त नियुक्ति पत्रको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयका सचिवलाई समेत दिइएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x