१७ जेष्ठ २०८१, बिहीबार

पूर्वराष्ट्रपति डा. रामवरणले भने विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने

एसीपी संवाददाता

१८ माघ २०७६, शनिबार ०२:५८ मा प्रकाशित

माघ एजेन्सी । तनहुँ पूर्वराष्ट्रपति डा रामवरण यादवले विकासको नाममा गरिने प्रकृति दोहनलाई रोक्नुपर्ने बताएका छन्। तनहुँको शुक्लागण्डकी नगरपालिका–९ स्थित ढोरबाराही मन्दिरमा बुध आज पूजा अर्चनापछि पत्रकारसँग कुराकानी गर्दै डा. यादवले विकासका नाममा जथाभावी प्रकृति दोहन गर्ने काम भएकामा दुःख लागेको बताए।
वनजङ्गल नेपालको सम्पत्ति भएकाले उहाँले वनजङ्गल जोगाउन सरकारलाई आग्रह गर्नुभयो । विमानस्थल, राजमार्गलगायत निर्माण गर्दा वनजङ्गलको फँडानी भएको भन्दै पूर्वराष्ट्रपति यादवले भने, ‘पहाडमा जथाभावी डोजर लगाएर सडक बनाउने काम भएको छ, वैज्ञानिक अध्ययन नगरी वनजङ्गल मास्ने काम भइरहेको छ।’
उनले चुरे संरक्षणका लागि आफूले पटक–पटक आवाज उठाउँदै आएपनि चुरे भएर राजमार्ग बनाउने तयारी भएकोमा उक्त काम गलत भएको बताए। उनले झापादेखि डडेल्धुरासम्म राजमार्ग बनाउने क्रममा डाँडाकाँडा भत्काउने काम भएको उल्लेख गर्दै उनले भने, ‘वनजङ्गल काटिएको देख्दा आँखाबाट आँशु झर्छ।’
प्रकृतिले नेपाललाई सुन्दर वरदान दिएको चर्चा गर्दै पूर्वराष्ट्रपति डा. यादवले प्रकृतिको उपयोग गर्दै मुलुकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिएका छन्। भूगोलका हिसाबले भारत, चीन नेपालभन्दा ठूलो भए पनि प्रकृतिका हिसाबले नेपाल संसारकै धनी देश भएको उनको भनाइ थियो। सभार गुदरुक खबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x