दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु
नेपालगञ्ज । दाङका कोरोना संक्रमित पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का ६६ वर्षीय पुरुषको आज विहान सवा १ बजे मृत्यु भएको जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । मंसिर २९ गते कोरोना पुष्टि भएका उनी पुष १३ गते अस्पताल भर्ना भएका थिए ।
कोरोना उत्पत्ति बारेमा अनुसन्धान गरी रहेको डब्लुएचओको टोलीमाथि चिनियाँ अधिकारीद्धारा निकै गम्भीर दृष्टिकोण
यो संगै बाँकेमा उपचारका लागि आएका बाहिरी जिल्लाका ८८ जनाको कोरोनाबाट मृत्यु भएको छ । यसैबीच बाँकेमा सोमवार ७ जना कोरोना संक्रमित निको भई डिष्चार्ज भएका छन् । डिष्चार्ज हुनेमा ४ महिला र ३ जना पुरुष रहेका छन । योसंगै बाँकेमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ४ हजार ५ सय ३६ पुगेको जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा कोरोना संक्रमित बिरामीहरुको निको हुने दर ९७.९७ प्रतिशत रहेको छ ।
https://acpnewsnepal.com/?p=14774#.YBkB4zEzbIU



