९ असार २०८३, मंगलवार

चीनको बदमासी: बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ७ चिनियाँ नागरिक पक्राउ

एसीपी संवाददाता

९ असार २०८३, मंगलवार १९:३६ मा प्रकाशित

रुपन्देहीको बुटवलबाट अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार गरेको आरोपमा सात जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१२ मा केही दिनदेखि चिनियाँ नागरिकहरू विभिन्न मोबाइल एप्स तथा वेबसाइटमार्फत अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को कारोबारमा संलग्न रहेको विशेष सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।

सोही सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले बुधबार राति करिब १ बजे विशेष अपरेशन सञ्चालन गरी उनीहरूलाई कारोबार गरिरहेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा ४९ वर्षीय छिओङ गुओफु, ४३ वर्षीय हु गाङ, ४५ वर्षीय ली सुआनहे, ३६ वर्षीय सन हुई, ३५ वर्षीय झाओ किउचेन, ३१ वर्षीय सियाङ जियासुन र ४५ वर्षीय ली बिन रहेका छन् । प्रहरीका अनुसार उनीहरूले पेटीएम, फोनपे लगायतका विभिन्न डिजिटल प्लेटफर्म प्रयोग गरी क्रिप्टोकरेन्सी कारोबार गरिरहेका थिए ।

छापामार कारबाहीका क्रममा प्रहरीले ११ थान मोबाइल फोन र २ थान ल्यापटप बरामद गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्णकुमार चन्दले पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x