२१ कार्तिक २०८२, बिहीबार
दाह संस्कारका लागि फागुनबाट निशुल्क दाउरा पाइने ब्यवस्था
नन्दलाल साहू माघ २३ गते नेपालगन्ज । नेपालगन्ज वडा न ८ कार्यालयले यस आर्थिक बर्षमा दाहसस्कारका लागि निशुल्क रुपमा दाउरा उपलब्ध गराउने भएको छ।
वडा न ८ को कार्यालयबाट सिफारिस लिएर उपमहानगरपालिका भित्र रहेको वडा न.१ देखि २३ वडा सम्मको लागि यो सुबिधा उपलब्ध गराइएको छ।
वडा अध्यक्ष सुरेन्द्र कुमार बैश्यका अनुसार आर्थिक रुपले कमजोर असहाय परिवारलाई यो सेवा उपलब्ध गराइने बताएका छन । फागुन महिनाबाट लागू हुने गरि वडा कार्यालयले दिने सुबिधा योजना शुरूवात हुनेछ र सर्वसाधारणले लाभ लिन पाउने छ्न भनी वडा सदस्य निखिल कुमार बैश्यले बताए।



Subscribe
Login
0 Comments



