१० कार्तिक २०८१, शनिबार

दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी

एसीपी संवाददाता

३ माघ २०७६, शुक्रबार १०:१४ मा प्रकाशित

माघ ३ \ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीका अनुसार भारतीय सहयोगमा निर्माण भएका भूकम्प प्रतिरोधी घर हस्तान्तरणको तयारी भइरहेको छ । घर हस्तान्तरणका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिने तयारी भएको प्रधानमन्त्री कार्यालयका सहसचिव यमलाल भुसालले जानकारी दिए । सहसचिव भुसालका अनुसार आइसीपीको औपचारिक उद्घाटनका लागि दुई प्रधानमन्त्री भिडियो कन्फ्रेन्समा जोडिनेछन् । सोही बेला भारतीय सहयोगमा निर्माण गरिएका घरको हस्तान्तरण समेत हुनेछ । भिडियो कन्फ्रेन्समा जोडिने सन्दर्भ भने विराटनगरमा निर्माण सम्पन्न भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी)को उद्घाटन हो । समाचार एजेन्सी

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x